जीवनमा यस्तो समय आउँछ जब घरमा नकारात्मक ऊर्जाको प्रवाह बढ्छ। जसका कारण परिवारले गरिबीसँगै रोग र कलहको सामना गर्नु पर्ने हुन्छ। तर, परिवारमा खराब समय आउनुअघि नै माता लक्ष्मीले ४ संकेत मार्फत चेतावनी दिन थाल्छिन्। जो बुद्धिमान् हुन्छन्, उनीहरुले यस्ता संकेत बुझ्छन् र तुरुन्तै उपाय गर्छन्। अर्कोतर्फ, मूर्ख स्वभावका मानिसहरू यी कुराहरूलाई अन्धविश्वासको रूपमा टार्ने गर्छन्। जानौं ती ४ संकेत के हुन्।
घरमा बारम्बार सिसा फुट्नु
सिसा एक नाजुक चीज हो, त्यसैले कहिलेकाहीँ यदि यो फुट्छ भने यसलाई सामान्य मानिन्छ। तर, घरमा सिसाका चीज बारम्बार फुट्न थाल्यो भने यसलाई अशुभ मानिन्छ। यसले चाँडै केहि खराब हुन लागेको संकेत गर्छ। यदि तपाईंसँग पनि यस्तो घटना भइरहेको छ भने, तुरुन्तै ढिलो नगरी फुटेको सिसा बाहिर फाल्नुपर्छ। साथै, यसको स्थानमा बलियो र राम्रो गुणस्तर सिसाले प्रतिस्थापन गर्नुपर्छ।
परिवारका सदस्यहरू बीच मतभेद
घरपरिवारमा कुनै न कुनै विषयमा मतभेद हुनु स्वभाविक हो। यो सबै घरमा हुन्छ। तर परिवारमा सानातिना कुरामा बारम्बार झगडा र मदभेद भइरहन्छ भने यसको अर्थ तपाईंको जीवनमा केहि अशुभ हुनेछ। परिवारमा केहि घट्न लागेको छ, जसका कारण आर्थिक अवस्था बिग्रन सक्छ र अदालतको मामिलामा फस्न सकिन्छ।
पूजा-पाठमा बारम्बार अवरोध आउनु
धार्मिक शास्त्र अनुसार जुन घरमा नियमित हवन-यज्ञ र पूजा गरिन्छ, त्यहाँ देवताको वास हुन्छ। तर पूजामा निरन्तर बाधा भईरहेको छ भने सम्झनुहोस् माता लक्ष्मीले निकट भविष्यमा हुने अशुभ घटनाको बारेमा सचेत गराइरहेकी छिन्। यो पनि एक संकेत हो कि तपाईंको परिवारले चाँडै आर्थिक संकट सामना गर्न सक्छ। यस्तो अवस्थामा घरमा विधिपूर्वक हवन गराएर जानीजानी वा नजानी आफ्नो गल्तीको लागि भगवानसँग क्षमा माग्नुहोस्। यसो गर्नाले तपाईंको समस्या हट्नेछ।
तुलसीको बोट बिस्तारै सुक्दै जानु
तुलसीको बोटमा माता लक्ष्मीको वास हुने विश्वास गरिन्छ। जुन घरमा तुलसीको बोट हरियो रहन्छ, त्यहाँ देवी लक्ष्मीको आशीर्वाद सदैव रहन्छ। अर्कोतर्फ, यदि तुलसीको बोट ओइलाउन थाल्छ वा यसको पातहरू एक एक गरी सुक्न थाल्छ भने, यो तपाईंको परिवारलाई चाँडै ठूलो समस्याको सामना गर्नु पर्ने संकेत हो। यस्तो अवस्थामा यो संकेतलाई बेवास्ता गर्नुको सट्टा शुद्ध जल अर्पण गरेर तुलसीको बोटलाई बचाउने प्रयास गर्नुपर्छ, जसले गर्दा आफ्नो परिवारमा आइपरेको संकट हट्न सक्छ।
