वक्री बुधको शुभ प्रभाव: यी ३ राशिको जीवनमा आउनेछ महत्वपूर्ण परिवर्तन !

ज्योतिषशास्त्रमा बुध ग्रहको स्थान परिवर्तनको विशेष महत्व रहेको छ। बुधलाई ग्रहहरूको राजकुमार पनि मानिन्छ। बुध ग्रह सेप्टेम्बर १० मा बिहान ९:२२ बजे कन्या राशिमा वक्री भएको छ र अक्टोबर २ सम्म यही अवस्थामा रहनेछ। अर्थात् २३ दिनसम्म ग्रहहरूको राजकुमार बुध उल्टो चाल घुम्नेछ। प्रतिगामी बुधले धेरै राशिका व्यक्तिहरूको जीवनमा शुभ समाचार ल्याउन सक्छ। कुन राशिका लागि यो समय फाइदाजनक छ भन्ने बारे जान्नुहोस्।

कन्या राशि 

कन्या राशिका लागि प्रतिगामी बुध शुभ मानिन्छ। यस राशिमा भाद्र योग पनि बनिरहेको छ। त्यसैले कन्या राशिमा प्रतिगामी बुधको प्रभाव सबैभन्दा बढी रहनेछ। यस अवधिमा तपाईंले आफ्नो बोलीले मानिसहरूको ध्यान आकर्षित गर्न सक्नुहुनेछ। लामो समय देखि रोकिएको काम पूरा हुनेछ। व्यापारमा लाभ हुनेछ। सन्तानको पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ।

मकर राशि 

मकर राशिका मानिसहरुका लागि प्रतिगामी बुध ग्रह निकै लाभदायी रहनेछ। यस अवधिमा तपाईंका विवादहरू समाधान हुनेछन्। सुख समृद्धि आउनेछ। यो समयमा कुनै पनि नयाँ कामको थालनी गर्न सकिनेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ।

मीन राशि 

प्रतिगामी बुध मीन राशिका मानिसका लागि निकै शुभ मानिन्छ। यस अवधिमा तपाईंको वैवाहिक जीवन सुखद रहनेछ। अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ। जागिरमा पदोन्नतिको अवसर मिल्नेछ।

प्रकाशित : मङ्गलबार, भदौ २८, २०७९११:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जीवनमा गरिबी आउँनु अघि माता लक्ष्मीले दिन्छिन् यस्ता ४ संकेत, गर्नुहोस् यस्ता उपाय !