नगर प्रहरीलाई बालेनको निर्देशन – ‘पाप धुरीबाट कराउँछ, गलत काम गरेर नकामाउनु होला’

काठमाडौँ – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई अनुशासनमा रहेर काम गर्न निर्देशन दिएका छन्। सोमबार महानगरपालिकाको कार्यालयमा नगर प्रहरीलाई अनुशासनमा रहेर काम गर्न निर्देशन दिएका हुन्।

मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न नगर प्रहरीलाई आग्रह गरे। यसअघि भएका कमीकमजोरीलाई सच्याएर, आचरणमा सुधार ल्याएर इमान्दारीपूर्वक काम गर्न शाहको निर्देशन छ।

“अबको पाँच वर्ष हाम्रो कार्यकालमा एकदमै अनुशासनमा रहेर तथा सेवाग्राही र व्यापारीलाई अनुशासनमा ल्याएर काम गर्न आग्रह गर्दछु। पहिलाका कामहरूलाई बिर्सिएर, कमजोरीहरूलाई सुधारेर इमान्दारीपूर्वक काम गर्नुस्। अनेस्टी इ बेस्ट पोलिसी भन्ने कुरामा मात्र याद राख्दा जीन्दगीमा धेरै कुरामा अघि बढिन्छ।”,मेयर शाहले भने।

त्यसक्रममा शाहले पाप धुरीबाट कराउँछ भन्ने कुरा मनन गर्न नगर प्रहरीलाई आग्रह गरे। गलत तरिकाले रकम आयआर्जन नगर्न शाहले नगर प्रहारीले निर्देशन दिए।

उनले भने,”गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएकाे छ । हामी धर्म र पापमा विश्वास गर्छाैँ । गलत गरेर कमाएकाे धन, पाप धुरीबाट कराउँछ भनेजस्तै याे कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।”

प्रकाशित : सोमबार, भदौ २७, २०७९१९:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डा. केसीले सुरु गरे २०औं अनसन, यस्ता छन् माग