श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, १८ लाखको हात रित्तै ! कतिले पाए ?

काठमाडौं,  श्रीजनशील लघुवित्तको आइपीओ सोमबार बाँडफाँड भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा एक हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

श्रीजनशीलले १५ भदौदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आइपीओ बाँडफाँड हुँदा ३६ हजार ८ सय ५९ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। आइपीओका लागि आवेदन दिएका झन्डै १८ लाखको हात रित्तो भएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, श्रीजनशील लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : सोमबार, भदौ २७, २०७९१०:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाँच वर्षमुनिका बच्चामा कान पाक्ने समस्या बढी ! आफ्नो बच्चालाई जोगाउन के गर्ने ?