५ राशिमाथि रहनेछ सूर्यदेवको कृपादृष्टि : असोज १ गतेबाट चम्किनेछ भाग्य, बन्नेछन् मालामाल

काठमाडौँ : सूर्यदेवलाई ग्रहको राजा भनिन्छ। जुन राशिमाथि सूर्यदेवको कृपा हुन्छ, उनीहरुको भाग्यको द्वार खुल्छ। आगामी १ महिनामा सूर्यदेवले ६ राशिको भाग्य चम्काउँछ। सूर्य असोज १ गते शनिबार बिहान सिंह राशिबाट निक्लिएर कन्या राशिमा गोचर गर्नेछ। कन्या राशिमा सूर्य असोज ३१ गतेसम्म रहनेछ। यस्तो अवस्थामा ६ राशिका लागि यो समयावधि निकै शुभ साबित हुनेछ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

मेष राशिका व्यक्तिहरुका लागि सूर्यको गोचर निकै लाभदायी साबित हुने देखिन्छ। असोज १ गतेदेखि असोज ३१ गतेसम्म तपाईको भाग्य सबैभन्दा बलवान् हुन्छ। एक महिनामा सम्पूर्ण शुभ काम शुरु हुन्छ। पुराना रोकिएका काम पनि यहीँ महिना पूरा हुनेछन्। जीवनका दु:ख र कष्ट अन्त्य हुनेछ। पैसाको कमी हुनेछैन्। घरमा सुख-समृद्धि आउनेछ। स्वास्थ्य अवस्था राम्रो हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – 

सूर्यको गोचरले कर्कट राशिको जीवनमा शुभ दिन ल्याउनेछ। तपाईले आफ्ना पुराना रोग-व्याधिहरुबाट छुटकारा पाउनुहुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुराना सबै मनोकामना छिट्टै पूरा हुनेछन्। नयाँ घर तथा सवारी साधन खरिद गर्ने मौका मिल्नेछ। अविवाहित जातकहरुको विवाहको योग बन्नेछ। शुभ कामले लामो यात्रा तय गर्नुहुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – 

सूर्यको राशि परिवर्तनले तुला राशि हुनेहरूको आर्थिक अवस्था सुदृढ बनाउँछ। धनसम्बन्धी सबै समस्याहरु अन्त्य हुनेछ। धन आर्जनको नयाँ अवसरहरु पाउनुहुनेछ। मासिक आय वृद्धि हुनेछ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। व्यापारमा मुनाफा हुनेछ। नयाँ व्यवसाय आरम्भ गर्न चाहनुहुन्छ भने यो सही समय हो। धन लगानीको लागि पनि यो उत्तम समय हो।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – 

सूर्यको राशि परिवर्तनले वृश्चिक राशिका व्यक्तिहरूलाई करियरमा ठूलो लाभ हुनेछ। पढाई-लेखाईमा अब्बल परिणाम ल्याउनुहुनेछ। नयाँ जागिरको प्रस्तावले तपाईंको जीवन परिवर्तन गर्न सक्छ। हालको व्यवसायमा थोरै पैसा लगानी गरेर यसलाई बढाएमा भविष्यमा धेरै फाइदाहरू पाउनुहुनेछ। बेरोजगारहरुले अलिकति बढी मेहनत गर्नुपर्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – 

सूर्यको गोचरले धनु राशिको जीवनका सबै दुःख कष्टको अन्त्य हुनेछ। तपाईको जीवनमा खुशीयाली छाउनेछ। जीवनमा भौतिक सुख-सुविधा बढ्नेछ। घर-परिवारमा सुख र शान्तिको माहोल रहनेछ। पति-पत्नीको सम्बन्धमा झन् निकटता बध्नेछ्ह। नयाँ घर-वाहन खरिद गर्नेबारे सोच्दै हुनुहुन्छ भने यो सबैभन्दा उत्तम समय हो। प्रेम सम्बन्धमा सफलता पाउनुहुनेछ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

सूर्यको राशि परिवर्तनले मीन राशिका व्यक्तिहरुका जीवनमा ठूलो र सकारात्मक परिवर्तन ल्याउनेछ। नोकरी तथा व्यापारमा ठूलो लाभ हासिल गर्नुहुनेछ। पुराना साथीभाईसँगको भेटघाटले फाइदा हुनेछ। अविवाहितहरुलाई विवाहको प्रस्ताव आउन सक्छ। वैदेशिक यात्राको सम्भावना छ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। सन्तान सुख मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

प्रकाशित : आइतबार, भदौ २६, २०७९१३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिजोबाट पल्टियो यी ५ राशिका मानिसको भाग्य, हुने भए अब मामामल !