काठमाडौँ : ग्रहको राशि परिवर्तनले सबै १२ वटै राशिहरुमा शुभ-अशुभ प्रभाव पार्छ। कहिलेकाहीँ केही यस्ता योग पनि बन्छन् जुन हाम्रो शुभ या खराब दिनको कारण बन्छन्। यो महिना ५ राशिहरुमा सङ्कटको बादल मडारिरहेको छ। शुक्र र सूर्य एकै राशिमा विराजमान भएको कारण सङ्कटले दस्तक दिएको हो। यी दुई ग्रहको संयोगले पाँच राशिको जातकलाई मुश्किल खडा गर्नेछ। शुक्र भदौ १५ गते सिंह राशिमा प्रवेश गरेको थियो र सूर्य यहाँ पहिलेदेखि नै विराजमान थियो। त्यसोभए ती ५ दुर्भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
यो महिना कन्या राशिका व्यक्तिहरुको मासिक बजेटमा गडबडी आउनेछ। यो महिना सबैभन्दा बढी खर्च हुनेछ। अनावश्यक खर्चको चपेटामा पर्दा खल्ती खाली हुनेछ। आफ्नो खर्चमा नियन्त्रण गर्नुहोला। यो महिना नयाँ घर या वाहन खरिद नगरेकै राम्रो हुनेछ। यसले तपाईलाई हानि-नोक्सानी पुर्याउन सक्छ। घरमा लडाई-झगडा हुन् सक्छ। आफ्नो रिसलाई काबूमा राख्नुहोला, अन्यथा सम्बन्ध बिग्रन सक्छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरूले काम, व्यवसाय र करियरमा कठिनाइको सामना गर्नुपर्नेछ। कार्यस्थलमा तपाको मालिक या सहकर्मीसँग बहस हुन् सक्छ। बेरोजगारहरुले यो महिना पनि रोजगारको अवसर पाउनेछैनन्। व्यापार-व्यवसाय पनि सुस्ताउनेछ। कतै पैसा लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने यो महिनामा रोकिनु उचित हुन्छ। कामको बोझ बढ्नेछ। यद्यपि यो कठिन घडीमा घर-परिवारले तपाईलाई सहयोग गर्नेछन्।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो महिना मीन राशिका व्यक्तिहरू जोश-जाँगरको साथ अगाडी बढ्नुपर्नेछ। तपाईको सानो गल्तीले पनि तपाईलाई कङ्गाल बनाउन सक्छ। आफ्नो बहुमुल्य सामानलाई सम्हालेर राख्नुहोला। चोरी हुने खतरा देखिन्छ। समाजमा तपाईको मान-प्रतिष्ठामा ठेस पुग्न सक्छ। त्यसैले आफ्नो बोली-बचनलाई नियन्त्रण गर्नुहोला। आफ्नो गुप्तराज कसैको अगाडी पनि नखोल्नुहोला। विद्यार्थीहरुका लागि पनि यो महिना खराब रहेको छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका जातकको लागि शुक्र र सूर्य एउटै राशिमा हुनु अशुभ हुनेछ। दुर्भाग्यले तपाईको पिछा छोड्नेछैन्। बन्दै गरेका कामहरु पनि बिग्रनेछन्। आफन्तजनसँग वादविवाद हुनसक्छ। पति-पत्नीबीचको सम्बन्धमा दरार आउन सक्छ। रिस र कटुबचनबाट टाढै रहनुमा नै भलाई हुनेछ। कामको प्रगतिमा बाधा-अवरोध आउनेछ। नयाँ व्यापार सुरु गर्ने सोचमा हुनुहुनेछ भने यो महिना रोकिनु नै उचित हुनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका जातकले यो महिना आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ। कुनै नयाँ रोगको शिकार हुन् सक्नुहुन्छ। औषधोपचारमा धेरै पैसा खर्च हुनेछ। यसले तपाईको बन्दै गरेको काम पनि बिग्रन सक्छ। अड्डा-अदालतको चक्कर लगानुपर्नेछ। आफ्नो अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला। परिवारमा कसैसँग वादविवाद नगर्नुहोला।