एजेन्सी : बलिउड अभिनेत्री नोरा फतेहीले आफ्नो डान्सबाट एक अलग पहिचान बनाएकी छिन्। नोराका फ्यान-फलोइङ देश-विदेशसम्म फैलिएको छ। योसँगै नोरा फतेहीले खास उपलब्धि हासिल गरेकी छिन्। उनी फ्रान्समा इन्स्टाग्राममा टप म्युजिक इन्फ्ल्युएन्सर्सको सूचीमा सामेल भएकी छिन्।
नोरा फतेहीको नाम त्यो सूचीमा समावेश छ, जसमा बियोन्से र ट्राभिस स्कट जस्ता दिग्गजहरू छन्। यस सूचीमा नोरा फतेही बियोन्सेपछि चौथो स्थानमा छिन् र ट्राभिस स्कट दोस्रो स्थानमा छिन्।
नोरा आफ्नो हालैको ‘डर्टी लिटल सीक्रेट’ सफलतासँगै सबैभन्दा प्रभावशाली र लोकप्रिय कलाकारका रूपमा विदेशमा पनि आफ्नो स्थान बनाउन सफल भएकी छिन्। यो उपलब्धिसँगै नोरा विश्वका चर्चित कलाकारको सूचीमा पर्ने पहिलो बलिउड स्टार बनेकी छिन्।
नोरा फतेहीले सधैँ क्रस कल्चरको प्रतिनिधित्व गर्छिन्। ‘डर्टी लिटल सीक्रेट’ यसैको सबैभन्दा उत्कृष्ट उदाहरण हो। यो गीत विश्वभर सन् २०२२ को समर एन्थम बनेको छ। नोराको यो सफलताबाट फ्यानहरु पनि निकै खुसी छन्।