काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहहरुले राशि परिवर्तन गर्नु शुभ र अशुभ दुवै हुन् सक्छ। भदौ २५ गते शनिवार ग्रहको राजकुमार बुध कन्या राशिमा वक्री हुँदैछ। यसको ५ राशिमा शुभ प्रभाव पर्नेछ। उनीहरुको भाग्यको द्वार खुल्नेछ। यस महिना धेरै शुभ फलहरु प्राप्त हुनेछन्। बुधलाई बुद्धि, तर्क, संवाद, गणित, चातुर्यता र मित्रताको कारक मानिन्छ। त्यसैले यी सबै लाभहरु पनि प्राप्त हुनेछन्। त्यसोभए ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बुधको राशि परिवर्तनले मिथुन राशिको जातकको भाग्य चम्काउनेछ। उनीहरुले आफ्नो काम र व्यवसायमा ठुलो लाभ हासिल गर्नेछन्। उनीहरुको आर्थिक स्थिति मजबूत हुनेछ। धन आर्जनको नयाँ माध्यम फेला पार्नुहुनेछ। जीवनमा दुख कम र सुख अधिक हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। समाजमा मान-सम्मान बढ्नेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। हरेक काममा सफलता हासिल गर्नुहुनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बुधको वक्रीले कर्कट राशिका जातकलाई शुभ समाचार दिनेछ। सन्तानको पक्षबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। विदेश यात्राको योग बनेको छ। नयाँ घर या वाहन खरिदको योग बनेको छ। नोकरी तथा व्यवसायमा प्रगति हुन् सक्छ। कतै पैसा लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने यो सही समय हो। स्वास्थ्यमा सुधार आउनेछ। सापटी दिएको पैसा फिर्ता हुनेछ। घरमा खुशीको माहोल बन्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
बुध ग्रहको स्थितिमा बदलाव आउँदा सबैभन्दा बढी लाभ सिंह राशिका जातकलाई हुनेछ। उनीहरुको जागिरमा बढुवा हुने सम्भावना बढी हुन्छ। त्यसको साथै व्यापारमा ठूलो सम्झौता हुन् सक्छ। विवाहको योग पनि बनेको छ। प्रेम सम्बन्धको मामिलामा सफलता हात पर्नेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। शुभ यात्राको योग देखिन्छ। सन्तानको सुख मिल्नेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
भदौ २५ गतेपछिकोक समय वृश्चिक राशिका जातकको लागि अमृत समान हुनेछ। यस समयावधिमा तपाईका सम्पूर्ण बिग्रिएका कामहरु बन्नेछन्। पुराना सबै सपना साकार हुनेछन्। घरमा सुख, शान्ति र समृद्धि आउनेछ। सरकारी जागिरमा नाम निकाल्नुहुनेछ। आफन्तबाट प्रेम र साथ पाउनुहुनेछ। आर्थिक रुपमा धेरै लाभ प्राप्त गर्नुहुनेछ। सोचेभन्दा बढी धन प्राप्त हुनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। टाढाको यात्रा हुन् सक्छ। आफन्तबाट धन हुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका मानिसहरुका लागि यो समय शानदार रहनेछ। तपाईले प्रशस्त धन आर्जन गर्नुहुनेछ। धन आर्जनका प्रशस्त अवसरहरु आउनेछन्। विशेष परिश्रम बिना नै सफलता मिल्नेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। भगवानप्रति आस्था बढ्नेछ। भगवानको आशिर्वादले जीवनमा धेरै राम्रा कुराहरु हासिल हुनेछन्। सबै दुख-दर्दहरु समाप्त हुनेछ। भौतिक सुखसुविधाको आनन्द उठाउनुहुनेछ। प्रियजनसँग निकटता बढ्नेछ। पारिवारिक झगडा समाप्त हुनेछ।