काठमाडौँ : कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको शुभ या अशुभ असर सबै १२ वटै राशिहरुमा पर्छ। बृहस्पति ग्रह अहिले मीन राशिमा वक्री भईरहेको छ। बृहस्पति साउन १३ गते शुक्रबार मीन राशिमा वक्री भएको थियो। यहाँ बृहस्पति मंसिर ८ गते बिहिबारसम्म रहनेछ। यस्तो अवस्थामा अढाई महिना केही राशिका लागि अत्यन्तै लाभदायी हुनेछ। ती राशिहरुमाथि गुरुदेवको विशेष कृपा रहनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बृहस्पति वक्री हुनु वृष राशिका जातकलाई अत्यन्तै सुखद् रहनेछ। उनीहरुलाई धनको कमी हुँदैन्। आउँदो अढाई महिनामा उनीहरुको आयमा व्यापक वृद्धि हुनेछ। धन-आर्जनको नयाँ साधनहरु फेला पार्नुहुनेछ। बेरोजगारहरुले रोजगारी पाउनेछन्। पहिल्यैदेखि नै काम गरिरहेकाहरुको बढुवा र नयाँ कामका प्रस्तावहरु आउन सक्छन्। धेरै प्रगति गर्नुहुनेछ।
व्यवसायीहरुका लागि समय राम्रो रहनेछ। नयाँ सम्पत्ति या वाहन खरिदको योग बन्न सक्छ। स्वास्थ्यमा कुनै खाले समस्या आउनेछैन्। पुराना रोकिएका काम पुरा हुनेछन्। सापटी दिएको पैसा फिर्ता हुनेछ। सन्तानको पक्षबाट शुभ सन्देश प्राप्त गर्नुहुनेछ। आफन्तजनहरुसँग निकटता बढ्नेछ। साथीभाईहरुको साथ-सहयोग पाउनुहुनेछ। लामो यात्राको योग देखिन्छ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मीन राशिमा बृहस्पतिको वक्रीले मिथुन राशिका जातकका जीवनमा खुशीयाली ल्याउनेछ। तपाईका जीवनका सम्पूर्ण दुख-दर्दहरु समाप्त हुनेछ। आशाका नयाँ किरण देखिन्छ। जीवनमा अनगिन्ती खुशीका क्षणहरु आउनेछन्। भाग्य र आफन्तजनले तपाईलाई सहयोग गर्नेछन्। परिवारमा सुख, शान्ति र समृद्धि रहनेछ। लडाई-झगडा समाप्त हुनेछ।
अड्डा-अदालतको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। धन आर्जनका प्रशस्त अवसरहरु आउनेछन्। नोकरी र व्यापारमा प्रगति हुनेछ। कतै पैसा लगानी गर्नको लागि समय सही रहेको छ। शुभ कार्यको शिलशिलामा टाढाको यात्रा तय हुन् सक्छ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। प्रेम सम्बन्धको मामिलामा सफलता हासिल गर्नुहुनेछ। विवाहको योग देखिन्छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बृहस्पति अर्थात् गुरु ग्रह मीन राशिमा वक्री हुँदा सबैभन्दा बढी लाभ कर्कट राशिलाई हुनेछ। पुराना रोग तपाईले छुटकारा पाउनुहुनेछ। कतै सुखद् यात्राको योग देखिन्छ। छोरा-बुहारीसँगको सम्बन्धको सुधार आउनेछ। आर्थिक समस्या समाप्त हुनेछ। नयाँ घर या वाहन खरिदको योग देखिन्छ। लामो समयदेखि रोकिएका पैसा फिर्ता हुनेछ।
रोजगारीको सिलसिलामा विदेश जाने अवसर मिल्न सक्छ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। आफ्ना सन्तानले तपाईको धेरै ख्याल गर्नेछन्। भगवानप्रति आस्था बढ्नेछ। मासिक आम्दानी बढ्नेछ। पुराना रोकिएका काम समयमै सम्पन्न हुनेछन्। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। खुशीयालीसँग जीवन बित्नेछ। भाग्यले साथ दिनेछ। कम मेहनतमा धेरै काम बन्नेछ।