बालेनको अर्को एक्सन, भवनलाई नक्सा पास गर्न ९० दिनको अल्टिमेटम !

काठमाडौँ – काठमाडौं महानगरपालिकाले नक्सा पास नभएका भवनको विवरण ९० दिन भित्र पेश गर्न आग्रह गरेको छ। बिहिबार एक सूचना जारिउइ गर्दै महानगरले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेश गर्न आग्रह गरेको हो।

प्रचलित भवन निर्माण मापदण्ड अनुसार भइ हालसम्म पनि नक्सा पास नभएका संरचनाहरुको नक्सा पास गर्न ९० दिनको समय रहेको महानगरले सूचना निकालेर जानकारी गराएको छ।

काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ’ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।

“काठमाडौँ महानगरपालिका क्षेत्रमा निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ । तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने”,महानगरले सूचना जारी गर्दै भनेको छ।

प्रकाशित : बिहिबार, भदौ २३, २०७९०९:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधबार बिहानैदेखि नर्मतालाई सुत्केरी व्यथाले च्याप्यो, तर अस्पताल नपुग्दै जन्माइन् मृत बच्चा !