काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै जबराको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेका हुन्।
महतले महाअभियोग ऐन २०५९ को दफा ७ र ८ अनुसार विशेषज्ञ चिकित्सकबाट जबराको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने बताए। न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले महाअभियोगमाथि बयान दिंदै गर्दा पद र गोपनीयताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढङ्गबाट चरित्रहत्या, गालीगलौज गर्ने काम गरिरहेको महतको आरोप छ।
“न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले महाअभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनीयताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौं वा आवेगमा आएर वा स्मरण शक्ति गुमाएर मर्यादा विपरीत गैरजिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्र हत्या, गाली गलौज गर्ने, कसैको जयजयकार गर्ने गरेका छन्।”,महतले भने।
महाअभियोग ऐन, २०५९ को दफा ७ र ८ अनुसार, विशेषज्ञ चिकित्सकबाट जबराको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने महतको भनाइ छ।