हिन्दु धर्ममा उल्लेख भए अनुसार आमाहरूले आफ्ना सन्तानको दीर्घायु र समृद्धिको कामना गर्दै जीवित्पुत्रिका व्रत राख्छन्। यो व्रत आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा राखिन्छ। यस वर्ष यो व्रत असोज २ गते परेको छ। यस दिन आमाहरूले आफ्ना सन्तानको सुख र समृद्धिको लागि दिनभर निर्जला व्रत बस्ने गर्दछन्। यसका साथै पूजा पनि गरिरहन्छन्।
जीवित्पुत्रिका व्रत तिथि, पूजा मुहूर्त
धार्मिक मान्यता अनुसार अनुसार आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथि असोज २ गतेबाट सुरु भएर असोज ३ गते मा समाप्त हुनेछ। त्यसैले जितिया वा जीवित्पुत्रिका व्रत असोज २ गते र पारण ३ गते हुनेछ।
यसरी राख्नुहोस् जीवित्पुत्रिका व्रत
जीवित्पुत्रिका व्रत वा जितिया व्रतको एक दिन अघि महिलाहरूले सूर्योदयअघि नुहाएर सफा-चोखो लुगा लगाउँछन्। यस दिन पूजा गरेपछि मात्र भोजन गर्नुहोस्। यस दिन दिनभर स्वास्थ्यले दिएसम्म निर्जला व्रत बस्नुहोस् । वास्तवमा यो व्रत छठ व्रत जस्तै एक दिन अघि सुरु हुन्छ। त्यसपछि जीवित्पुत्रिका व्रतको दिन पनि निर्जलित रहनुहोस्। यस दिन शुभ समयमा पूजा गर्नुहोस्। यस व्रतको तेस्रो दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै महिलाले व्रत तोड्छन्।