दसैंका नयाँ नोट कहिले देखि साट्न पाइन्छ ? बाहिरियो मिति !

काठमाडौं । आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वका लागि बैंकहरूले सर्वसाधारणलाई २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ । त्यसपछि बैंकहरूले सर्वसाधारणका लागि २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएका हुन् ।

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्मको नयाँ नोट सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ ।

सबै बैंकहरूमा पु-याइएपछि सर्वसाधारणलाई २९ भदौदेखि नयाँ नोट वितरण गरिने आन्तरिक तयारी गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

नेपालका अनुसार गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । यसरी वितरण गरिने नयाँ नोटहरूमा ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक वटा बन्डल हो ।

दसैंका ग्राहकलाई आफ्ना शाखा काउन्टरबाट सहज रूपमा नयाँ नोट उपलब्ध गराउने तयारीमा जुटेको राष्ट्र बैंकले देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थालाई भने २ देखि ५ करोड रुपैयाँसम्मका नयाँ उपलब्ध गराउनेछ ।

चालू आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । अझै पनि दसैंका बेला मात्र नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गरी पुनः यस्तो सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ २१, २०७९०७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देउवाले लुकाए आफ्नो र मन्त्रीहरुको सम्पत्ति विवरण !