चुनावको मुखमा गगन थापालाई हार्ने डर !

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हरेक निर्वाचन आउँदा आफूलाई हारको डर हुने गरेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले हरेक पटक चुनाव आउँदा कतै हारिने त होइन भन्ने डर लाग्ने गरेको बताएका हुन्।

काठमाडौंको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा थापाले चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको बताए।

चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको थापाको भनाई छ। सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठन अघि बढाउन विद्यालयलाई थापाले आग्रह गरे।

“एउटा चुनाव जित्यो। त्यसपछि खुसी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकाहरुलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ।”,थापाले भने।

प्रकाशित : शनिबार, भदौ १८, २०७९१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सांसदबाट लिङ्देनले दिए राजीनामा, एक्लो होइन धेरै सांसद लिएर फर्किने घोषणा !