• ज्योतिषाचार्य दामोदरनाथ लोहनी
मेष (चु चे चो ला लि लु ले लो अ)
साताका सुरुका दुई दिन राम्रा छैनन् । गरेका काममा बाधा पर्नुका साथै पारिवारिक झन्झट पनि निकै पर्ला । व्यावसायिक काममा अल्झन आउने सम्भावना छ । सोमबार बेलुकीदेखि स्थिति सप्रिएला । शैक्षिक काममा सोचेजति प्रगति देखिन्न । खर्चको मात्रा भने निरन्तर बढिरहनेछ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
साता मध्यम खालको छ । सुरु र अन्त्यमा राम्रो उपलब्धि भए पनि मध्य भागले चिन्ता बढाउन सक्छ । मान र प्रतिष्ठा बढ्ने देखिन्न । त्यसैले मनमा खिन्नता भइरहला । इष्टमित्रको सहयोगले भने निकै काम गर्नेछ । खासगरी व्यावसायिक क्षेत्रबाट गतिलो लाभ हुनसक्छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
यो सातालाई राम्रो भन्न सकिँदैन । बेकारका वादविवाद पर्नुका साथै केही असफलतालाई समेत देख्नु पर्नेछ । नोकरीबाट चिन्ता मात्रै बढिरहला तर बौद्धिक स्थिति अति बलवान् भएकाले जस्तोसुकै समस्यालाई पनि समाधान गर्न सकिनेछ । खर्च बढी नै रहला ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
यो साता आर्थिक स्थिति त्यति नराम्रो छैन । गतिलो काम हातमा पर्नाले राम्रै लाभको सम्भावनासमेत देखिन्छ । हातले समातेको इलम र व्यावसायिक कामबाट मनग्गै लाभ प्राप्ति गर्न सक्नुहुनेछ । सानातिना विवाद त पर्लान् तर त्यसलाई हल गर्न सकिनेछ । साताको अन्त्य भने राम्रो देखिन्न ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्ला । पेटमा गडबडी भएर खर्चको मात्रा बढ्लाजस्तो छ । भैरवको दर्शन गर्नाले यस्तो समस्यालाई हल गर्न सकिनेछ । परिवार एवं मित्रको मद्दत पाइरहनुहोला । आर्थिक स्थिति भने पूरा बलिष्ठ देखिन्न । सूर्यको दर्शन गरिरहनुहोस् ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
यो साता खर्च बढे पनि साहस घट्ने छैन । बौद्धिक स्थिति बिस्तारै प्रगतितिर उन्मुख छ । व्यापारिक कामबाट भने ठूलो उपलब्धि हुने छैन तर हानि हुने सम्भावना पनि देखिन्न । पढाइमा बढी र लेखाइमा थोरै समय जाला । मित्रको सहयोग सोचेको जति पाउनुहुने छैन ।
तुला (र रि रु रे रो ता ति तु ते)
साताको बिहीबार राम्रो छैन । बाँकी दिन भने राम्रै खालका छन् । पढाइमा कम र अरू क्षेत्रमा बढी समय जाला । प्राविधिक खाले कामबाट त्यति ठूलो उपलब्धि हुने देखिन्न । सोचेजति सहयोग परिवारबाट समेत पाइने छैन । भगवतीको आराधना गरिरहनुहोस् ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
साताको प्रारम्भ राम्रोसित हुनेछ । इष्टमित्रसँग भेटघाटका साथै आम्दानीसमेत सोचेकोभन्दा बढी नै होला । असल काम गर्नेतिर मनको प्रवृित्त जानेछ । मित्र पनि असल खालकै छन् । खासगरी प्राविधिक खाले कामबाट लाभ लिन सकिनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
सुरुका दिनमा खर्च बढे पनि यो सातालाई नराम्रो भन्न मिल्दैन । मनमा रहेको भय र पीर बिस्तारै घटेर जाला । वादविवाद वा मुद्दामामिलामा तपाईंकै विजय हुनेछ । व्यापार एवं व्यवसायमा समेत हाल ह्रास हुने छैन । मित्र सहयोग भने मध्यम खालको मात्र रहला ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
पहिलेको जस्तो जटिलता नभए पनि साता अझै सप्रिएको छैन । बेकारका काममा खर्च गरिरहनुपर्ला । जागिरसम्बन्धी चिन्ता पनि निकै पर्नेछ । सोचेको जति लाभ व्यवसायबाट पाउनुहुने छैन । सोमबार र मङ्गलबार राम्रा खालका छैनन् । त्यसैले गणेशको दर्शन गर्न नबिर्सनुहोस् ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
साता सामान्य खालको छ । यात्रा गर्ने इच्छा भई नै रहला । खास उपलब्धि नभए पनि यात्राबाट मनोरञ्जन भने प्रशस्त पाउनुहुनेछ । पारिवारिक चिन्ताले छोड्ने छैन । नोकरीकै क्षेत्रमा पनि अनेकौँ ́न् ́ट आइरहनेछन् र नयाँ काम हातमा पर्ला जस्तो छैन । शनिको सेवा गरिरहनुहोस् ।
मीन (दी दू थ झ दे दो चा ची)
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । सहयोग गर्नेको सङ्ख्या कम भए पनि तपाईं एक्लैले धेरै प्रगति गर्न सक्नुहुनेछ । असल काम गर्नेतिर मन गइरहला भने गरेका काम सफल पनि हुनेछन् । सोचेभन्दा बढी नै आय हुनेछ । केही नयाँ कामसमेत हातमा पर्ला जस्तो छ ।