भगवान विष्णुको कृपाले जीवनमा ठूला भन्दा ठूला सफलता प्राप्त गर्छन् यी ३ राशिका मानिस !

ज्योतिषशास्त्रका अनुसार ग्रह र नक्षत्रको निरन्तर परिवर्तन हुँदा हरेक मानिसको जीवन प्रभावित हुन्छ। ज्योतिषीहरूका अनुसार व्यक्तिको राशिमा ग्रह र नक्षत्रको चाल ठिक भएमा उक्त मानिसको जीवनमा सुखद नतिजा प्राप्त हुन्छ तर ग्रहहरूको स्थिति अशुभ रहन्छ भने जीवनमा एकपछि अर्को धेरै समस्या आउने गर्छ। त्यस्तै, यस्ता राशि पनि हुन्छन् जसमा विभिन्न देवी-देवताको विशेष कृपा प्राप्त हुन्छ।

ज्योतिष शास्त्र अनुसार यस्ता केही राशिका मानिसहरु छन् जसको कुण्डलीमा रहेको ग्रह र नक्षत्रको स्थितिले शुभ संकेत दिन्छ। संसारका पालनकर्ता भगवान विष्णुको आशीर्वाद यी राशिका मानिसमा हुन्छ र यी मानिसहरू भाग्यशाली साबित हुन्छन्। यी राशिका व्यक्तिहरुका लागि ठूलो सफलता मिल्ने प्रबल सम्भावना हुन्छ। आउनुहोस् जानौं यी राशिका व्यक्तिहरू को हुन्।

मेष राशि 

मेष राशिका मानिसहरुमा भगवान विष्णुको विशेष कृपा रहन्छ। तपाईं आफ्नो कतै फसेको पैसा यस समयमा फिर्ता पाउन सक्नुहुन्छ। नयाँ व्यावसायमा लगानी गर्दा लाभ हुने प्रबल सम्भावना छ। राजनीति क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले समाजमा मान-सम्मान प्राप्त गर्नेछन्। प्रेम जीवन सुखद रहनेछ। परिवारका सदस्यहरुसंग खुसीसाथ समय बित्नेछ। धेरै लाभदायक अवसरहरू फेला पार्न सकिन्छ।

सिंह राशि 

सिंह राशिका व्यक्तिहरूले भगवान विष्णुको कृपाले जीवनमा असिमित सुख प्राप्त गर्छन्। सरकारी क्षेत्रमा काम गर्नेहरुको बढुवाको सम्भावना छ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्कमा रहन सकिनेछ। धन आर्जनको राम्रो सम्भावना छ। मातापिताको सहयोग र आशिर्वाद प्राप्त हुनेछ। जीवनसाथीले केही शुभ समाचार दिन सक्नेछन्। घरका ठूला-ठूला व्यक्तिहरूको सल्लाह तपाईंको लागि लाभदायक साबित हुनेछ। तपाईंको प्रेम सम्बन्ध प्रगाढ हुनेछ।

मीन राशि 

मीन राशिका मानिसहरूमा भगवान विष्णुको कृपा सधैं कायम रहनेछ। व्यापार व्यावसायमा आकस्मिक आर्थिक लाभको अवसर मिल्नेछ। कार्यस्थलमा मान सम्मान बढ्नेछ। करियरले नयाँ दिशा पाउन सक्छ। जागिर खाने व्यक्तिले उन्नतिको अवसर प्राप्त गर्नेछन्। प्रेम सम्बन्ध बलियो हुनेछ। पारिवारिक सुख शान्ति कायम रहनेछ।

प्रकाशित : बिहिबार, भदौ १६, २०७९१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कन्या राशिमा प्रवेश गर्दै सूर्यदेव: यी राशिले प्राप्त गर्नेछन् धन लाभ !