गठबन्धन: शीर्ष तहमा नै लफडा, बार्गेनिङ शुरु !

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सिट बाँडफाँटको मोडालिटी र संख्यामा असहमति भएपछि सो विषय शीर्ष तहमा पुगेको थियो । तर, बुधबार बसेको शीर्ष तहको बैठकमा समेत नेताहरूले आआफ्ना दलको बार्गेनिङ राखेपछि कार्यदलमा जस्तै सिट संख्या र मोडालिटीमा विवाद भएको हो ।

‘कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेतृत्वलाई सिट संख्या र मोडालिटीबारे निर्णय गर्नेगरी प्रतिवेदन बुझाएको थियो । तर, शीर्ष तहमा पनि संख्या र मोडालिटीबारे दाबी भयो, सहमति भएन,’ बुधबारको बैठकपछि गठबन्धन आबद्ध दलका एक शीर्ष नेताले राजधानीसँग भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए ।

बैठकमा कांग्रेस शीर्ष नेताबाटै चुनावी तालमेल गर्दा आपूmहरूले १ सय सिट पाउनुपर्ने दाबी पेस भएको हो । यसैगरी, नेकपा माओवादी केन्द्रले बैठकमा ६० सिटको यसअघिको अडान दोहो¥याएको छ । कार्यदलको बैठकमा समेत कांग्रेस र माओवादी केन्द्रको सोही अडान थियो ।

यसैगरी, शीर्ष तहको बैठकमा नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दाबी पेस गरेका छन् । यसअघिका कार्यदलको बैठकमा जस्तै सबै दलका तर्फबाट आआफ्ना दाबी आएपछि बैठकमा ठोस सहमति जुट्न नसकेको हो ।

प्रकाशित : बिहिबार, भदौ १६, २०७९०८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्थ न बर्थका प्रश्न नसोध्नुस् भन्दै चोलेन्द्र जंगिएपछि …