आजको दिन यस्ता कार्य गरेर प्रशन्न पार्नुहोस् श्री गणेशलाई, पूरा हुनेछ हरेक मनोकामना !

आजको दिन गणेश चतुर्थी रहेको छ। प्रत्येक वर्ष भाद्रपद शुक्ल पक्षको चतुर्थी तिथीका दिन गणेश चतुर्थी हुन्छ। यस वर्ष गणेश चतुर्थी भदौ १५ गते परेको छ। अर्कोतर्फ बुधबार, तिथी चतुर्थी, चित्रा नक्षत्र परिरहेको छ। शास्त्रका अनुसार यी सबै संयोग गणेशको जन्मका बेला बनेका छन्। त्यसैले यस वर्ष गणेश चतुर्थीको महत्व झनै बढेको छ। यहाँ हामी तपाईंलाई राशि अनुसार गणेशको पूजा गर्ने तरिका बताउन गइरहेका छौं।

मेष राशि 

गणेशजीलाई लड्डू चढाउनुपर्छ। यसका साथै भगवान गणेशको वक्रतुण्ड स्वरूपको पूजा गरी वक्रतुण्डय महामन्त्रको जप गर्नुपर्छ। यसो गर्नाले सबै दुःखबाट मुक्ति मिल्नेछ।

वृष राशि 

वृष राशिका मानिसहरुलाई भगवान गणेशलाई मेवाबाट बनेको मोदक चढाउनुपर्छ। किनभने गणेशलाई मोदक अति प्रिय मानिन्छ। भगवान गणेशको शक्ति विनायक रूपको पूजा गर्नुहोस् र ‘ओम हीन ग्रीन’ मन्त्र जप गर्नुहोस्।

मिथुन राशि 

‘ओम गणपतये नमः’ मन्त्रको जप गर्नुपर्छ। साथै यस दिन मुगको लड्डू पनि चढाउनुपर्छ। यसो गर्नाले तपाईंको सबै मनोकामना पूरा हुनेछन्।

कर्कट राशि 

गणेशलाई २१ दुबो चढाउनुपर्छ। साथै, खुवाबाट बनेको लड्डु पनि चढाउन सकिन्छ।

सिंह राशि 

सिंह राशिका व्यक्तिले भगवान गणेशलाई सखर चढाउनुपर्छ। यसो गर्नाले गणेशजी प्रसन्‍न हुन्छन् र उहाँको आशीर्वाद प्राप्त हुनेछ।

कन्या राशि 

११ देखि २१ दुबो गणेश जीलाई चढाउनु पर्छ। यसले घरमा सुख र समृद्धि ल्याउनेछ। यससँगै मुगको दालको हलवा पनि चढाउनुपर्छ।

तुला राशि 

यस दिन सिद्धिविनायक गणेशको पूजा गरी उहाँलाई नरिवल अर्पण गर्नुहोस्। यस दिन ‘ओम गणपतये नमः’ मन्त्रको जप गर्नुपर्छ। यसो गर्नाले तपाईंको सबै मनोकामना पूरा हुनेछन्। साथसाथै प्रगतिका नयाँ बाटाहरू खुल्नेछन्।

वृश्चिक राशि 

यस दिन गणेशजीलाई बेसनको लड्डू चढाउनुपर्छ। साथै श्वेतार्क गणेशको पूजा र गणेश स्तुति पाठ गर्नुपर्छ।

धनु राशि 

भगवान गणेशलाई पहेँलो मिठाई चढाउनुपर्छ। साथै वक्रतुण्डा स्वरूपको पूजा गर्नुपर्छ।

मकर राशि 

भगवान गणेशलाई मोतीचुर लड्डू चढाउनुपर्छ। यसका साथमा ‘ओम गणपतये नमः’ मन्त्रको जप गर्नुपर्छ।

कुम्भ राशि 

भगवान गणेशलाई मेवा चढाउनुपर्छ। गणेश चालिसाको पाठ पनि गर्नुपर्छ।

मीन राशि 

हरिद्र गणेशको पूजा गरेर मोतीचुर चढाउनुपर्छ। यस दिन ‘गजाननम् भूत गणादि सेवितम्’ को जप गर्नुपर्छ। यसो गर्नाले तपाईंको सबै मनोकामना पूरा हुनेछन्। यससँगै घरमा सधैं सुख समृद्धिको वास हुनेछ।

प्रकाशित : बुधबार, भदौ १५, २०७९१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनका देवता बुध ग्रहको चाल परिवर्तन: यी ३ राशिलाई सफलता मिल्ने प्रबल सम्भावना !