भोलि तीजको दिन हरेक महिलाले गर्नै पर्ने यस्ता उपाय, दाम्पत्य जीवन हुन्छ सुखमय !

भदौ महिनाको हरितालिका तीजको व्रत भोलि भदौ १४ गते मनाइँदैछ। यस दिन विवाहित र अविवाहित युवतीहरूले शिव र पार्वतीको पूजा गर्ने गर्छन्। हरितालिका तीजका दिन केही उपाय गर्नाले माता पार्वतीको कृपाले मनले खाएका वर प्राप्त हुने र दाम्पत्य जीवन सुखमय हुने जनविश्वास रहेको छ। तसर्थ हरतालिका तीजको दिन के के उपाय अपनाउनु पर्छ भन्ने बारे जानौँ।

ज्योतिषशास्त्रका अनुसार हरितालिका तीजका दिन श्रीमान–श्रीमती मिलेर शिव र पार्वतीलाई दुधले अभिषेक गर्नाले परिवारमा सुख–शान्ति रहन्छ र आपसी प्रेम बढ्छ।

विवाहमा समस्या आए हरतालिका तीजको दिन अविवाहित युवतीले देवी पार्वतीलाई ११ वटा बेसार चढाउनुपर्छ। यस उपायले कम उमेरमा विवाहको सम्भावना बन्ने विश्वास गरिन्छ।

ज्योतिषशास्त्रका अनुसार हरितालिका तीजका दिन मनपर्ने जीवनसाथी पाउनको लागि साँझ मन्दिरमा गएर भगवान शिव र माता पार्वतीको विधिवत पूजा गर्नुपर्छ। त्यसपछि भगवानको अगाडि ११ वटा घिउको दियो बाल्नुहोस्।

यस दिन पति पत्नीले बिहान नुहाएर शिव-पार्वतीको पूजा गरी मन्दिरमा रातो फूल चढाउँदा घरको समस्याबाट मुक्ति तथा दाम्पत्य जीवन सुखमय हुन्छ। यसका साथै देवी पार्वतीलाई खीर चढाउनुहोस्।

प्रकाशित : सोमबार, भदौ १३, २०७९१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि मार्गी चालमा: यी राशिको सुरु भयो सुखका दिन, हरेक कार्य हुनेछ सफल !