साताको पहिलो दिन नै घट्यो सुनको मूल्य !

काठमाडौँ – साताको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साताको कारोबार हुने अन्तिम दिन शुक्रबार घटबढ नभएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९५ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार १ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, भदौ १२, २०७९११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेप्से परिसूचकमा उच्च अङ्कको पहिरो !