सेप्टेम्बर महिना कुन राशिलाई रहला सबैभन्दा शुभ ? हेर्नुहोस् आफ्नो मासिक राशिफल !

अबको केही दिनमा सेप्टेम्बर महिना सुरु हुन लागेको छ। सेप्टेम्बर महिनामा धेरै राशिका व्यक्तिहरू भाग्यशाली हुनेछन्। यो महिना धेरै राशिका व्यक्तिहरुको आम्दानीमा वृद्धि हुनुका साथै नोकरी व्यवसायमा प्रगति हुन सक्छ। सेप्टेम्बर महिनामा शुक्र र बुधको चालमा परिवर्तन हुनेछ। जान्नुहोस् कुन राशिका लागि सेप्टेम्बर महिना भाग्यशाली साबित हुन्छ-

मेष राशि 

मेष राशिका लागि यस महिना मिश्रित रहनेछ। यस अवधिमा बोलीमा संयम अपनाउनुपर्छ। हतारमा कुनै निर्णय नगर्नुहोस्। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय अनुकूल रहनेछ।

वृष राशि 

वृष राशिका व्यक्तिहरूले सेप्टेम्बरको सुरुमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक छ। यस अवधिमा परिवारका सदस्यसँग विवाद हुन सक्छ। करियर तथा व्यापारमा अपेक्षित सफलता मिल्नेछ।

मिथुन राशि 

यस राशिका व्यवसायीलाई लाभ मिल्नेछ। परीक्षाको तयारी गरिरहेकाहरूले राम्रो नतिजा प्राप्त सक्छन्। पारिवारिक जीवन सुखद रहनेछ। प्रेम जीवनमा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

कर्कट राशि 

सेप्टेम्बर महिना कर्कट राशि भएकाहरूका लागि कठिन रहन सक्छ। यस अवधिमा तपाईंमा जिम्मेवारीको बोझ बढ्न सक्छ। यस अवधिमा वाणीमा संयम राख्नु पर्ने देखिन्छ। महिनाको मध्यमा काममा सुधार आउनेछ।

सिंह राशि 

आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ। करियरको हिसाबले यो महिना शुभ रहनेछ । व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना छ । प्रेम र दाम्पत्य जीवनका लागि यो महिना शुभ रहेको छ ।

कन्या राशि 

कन्या राशिका व्यक्तिहरुलाई सेप्टेम्बर महिनामा कामको बोझ बढ्न सक्छ। जसले मानसिक तनाव निम्त्याउन सक्छ। करियर र व्यवसायसँग सम्बन्धित कुनै पनि निर्णय सावधानीपूर्वक लिनुहोस्। यो महिना खानपानमा विशेष ध्यान दिनुहोला।

तुला राशि 

आर्थिक अवस्था बलियो रहनेछ। करियरमा राम्रो नतिजा मिल्नेछ । व्यापार व्यवसायमा नाफा कमाउन सफल हुनुहुनेछ । व्यापार विस्तार योजना सफल हुनेछ। शिक्षा क्षेत्रमा राम्रो सफलता मिल्ने सम्भावना छ । पारिवारिक जीवन अनुकूल रहनेछ। आर्थिक पक्ष बलियो रहनेछ ।

वृश्चिक राशि 

वृश्चिक राशि हुनेहरुका लागि सेप्टेम्बर महिना निकै लाभदायी रहनेछ। यसबाट तपाईंको लामो समयदेखि रोकिएको काम पूरा हुन सक्छ। व्यापार व्यवसायमा अपेक्षित लाभ मिल्नेछ। तर, पैसासँग सम्बन्धित मामिलामा सावधानीपूर्वक निर्णय लिनुहोस्।

धनु राशि 

सेप्टेम्बर महिनाले धनु राशिको जीवनमा सफलता र खुशी ल्याउनेछ। यो महिना मान-सम्मानमा वृद्धि हुनेछ। करियर तथा व्यपारमा ठूलो अफर प्राप्त गर्न सकिनेछ। साझेदारको पूर्ण सहयोग रहनेछ।

मकर राशि 

सबै कुरामा भाग्यको साथ मिल्नेछ। करियरमा धेरै सफलता मिल्नेछ । पारिवारिक जीवन अनुकूल रहनेछ। प्रेम र दाम्पत्य जीवनमा शुभ फल मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ । कुनै पनि काममा हतार नगर्नुहोस्।

कुम्भ राशि 

कुम्भ राशिका लागि यो महिना मिश्रित सावित हुन सक्छ। यो महिना कार्यस्थलमा बोलीमा संयम राख्नुपर्नेछ। कार्यस्थलमा ठूलो जिम्मेवारी मिल्न सक्छ। जसले गर्दा इज्जत बढ्नेछ। प्रतियोगी परीक्षाको तयारी गर्नेहरूले राम्रो समाचार पाउन सक्छन्।

मीन राशि 

मीन राशिका व्यक्तिहरूले सेप्टेम्बरमा धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। जागिर खानेहरुको आम्दानीमा वृद्धि हुनसक्छ। घर वा जग्गाको कारणले तपाईंलाई मानसिक तनाव हुन सक्छ। महिनाको दोस्रो साताले तपाईंको जीवनमा खुशी ल्याउनेछ।

प्रकाशित : बिहिबार, भदौ ०९, २०७९१४:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिलाई निकै अशुभ रहनेछ सेप्टेम्बर महिना, आइलाग्न सक्छ अनेक दु: ख-कष्ट !