काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। केहि दिन लगातार घटेर बुधबार बढेको सुनको मूल्य नेपाली बजारमा आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले वृद्धि भएको छ। आज छापावाला सुन ९५ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य
नेपाली बजारमा सुन सँग-सँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। महासंघका अनुसार आज नेपाली बजारमा चाँदी १ हजार १ सय ७५ रुपैंयाँमा कारोबार भइरहेको छ।