पत्थरीको शल्यक्रिया गर्नेक्रममा दाँत भाँचिदिएपछि …

Smile of man without one front tooth

काठमाडौँ, महाबौद्धस्थित वीर अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्नेक्रममा एक जना बिरामीको तीनवटा दाँत भाँचिएको घटना सार्वजनिक भएको छ ।

बिरामीका आफन्तले चिकित्सकले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् । अस्पताल प्रशासनले भने लापरबाही गरिएको नभई, उपचार गर्दा हुने जटिल समस्याका रूपमा अथ्र्याएको छ ।

नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत साउन ३० गते पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्नका लागि वीर अस्पताल भर्ना हुनुभएको थियो । चिकित्सकको टोलीले साउन ३१ गते शल्यक्रिया गरेको थियो । शल्यक्रिया कक्षबाट निकाल्दा माथिल्लो भागको तीनवटा दाँत भाँचिएका थिए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भूपेन्द्रकुमार बस्नेतले शल्यक्रियाक्रममा हुने जटिल समस्या आएको बताउँदै, “शल्यक्रिया गर्नुअघि भेन्टिलेटरमा राख्नेक्रममा आएको जटिल समस्याले गर्दा दाँत भाँचिन पुगेको हो ।” उहाँले यस विषयमा आइतबार बिरामी पक्ष र शल्यक्रिया गर्ने चिकित्सकसँग छलफल गरिने जानकारी दिनुभयो ।

उहाँले पत्थरीको शल्यक्रिया गर्दा दाँत भाँचिएको घटनालाई ‘डिफिकल्ट इन्टुवेसन’ भएको बताउनुभयो । पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीलाई बेहोश बनाउनुपर्छ र भेन्टिलेटरमा राख्नुपर्छ । बेहोश बनाउनेक्रममा इन्टुवेसन (मुखबाट श्वास नलीमा पाइप राखी भेन्टिलेटरबाट कृत्रिम सास दिने प्रक्रिया) गर्नुपर्ने हुन्छ । उहाँले बिरामीको घाँटीको बनावट असहज भएकाले पाइप हाल्नेक्रममा दाँत भाँचिन पुगेको र यस्तो समस्या कुनै–कुनै शल्यक्रियामा पनि हुन सक्ने दाबी गर्नुभयो ।

प्रकाशित : आइतबार, भदौ ०५, २०७९०७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउनमा झन्डै दुई अर्बको बिजुली निर्यात !