कुलमान भन्छन् – ‘विद्युत प्राधिकरणको नाफा अझै बढ्छ’

काठमाडौ,  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए । आर्थिक वर्ष २०७८÷७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए ।

प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझे बढ्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७७÷०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उनले विद्युत उपभाेग बढाउन विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घाेषाणा पनि गरे ।

प्रकाशित : बुधबार, भदौ ०१, २०७९१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वडा कार्यालयको पनि शाखा !