अभियान लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, १९ लाख बढीको हात रित्तै ! कतिले पाए ?

काठमाडौँ – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण शेयर(आइपिओ)को बाँडफाँड सम्पन्न भएको छ। साउन १८ गते देखि साउन २२ गते सम्म आइपिओ निष्काशन गरेको कम्पनीले सोमबार बिहान बाँडफाँड सम्पन्न गरेको हो। बाँडफाँडबाट ७ लक्की नम्बर निस्किएको छ।

कम्पनीले साउन १८ गते देखि साउन २२ गते सम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।

आवेदन खुलेको दिन देखि बन्द हुने दिन सम्म कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका थिए। सर्वसाधारणले कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको आवेदन दिएको बताइएको छ।

आइपिओ बाँडफाँड भएसँगै ९१ हजार ३७५ जनाले १० कित्ताका डरले शेयर पाएका छन्। बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात भएको छ। इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रकाशित : सोमबार, साउन ३०, २०७९१०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिजो व्यापक महँगो भएको सुनको मूल्य आज घट्यो !