प्रचण्डले जापानबाटै राष्ट्रपतिलाई धम्कि दिएपछि …

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक फिर्ता भए राम्रो नहुने चेतावनी दिएका छन्। जापान भ्रमण रहेकै बेला प्रचण्डले नागरिकता विधेयक फिर्ता भए राम्रो नहुने चेतवानी दिएका हुन्।

जापानमा नेपाली पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा प्रचण्डले देशमा रहेको नागरिकताको समस्यालाई समाधान गर्न सरकारले गरेको पहललाई राष्ट्रपतिले फिर्ता गर्ने कुरालाई विश्वास गर्न आफूले नचाहेको बताए।

तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गरेको प्रचण्डको भनाई छ। प्रचण्डका अनुसार उनलाई नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता हुन्छ भन्नेमा विश्वास छैन।

“त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न। र उहाँले गर्नु पनि हुन्न। मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन।”,प्रचण्डले भने।

प्रकाशित : मङ्गलबार, साउन २४, २०७९२०:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौंको अवस्था देखेर साम्पाङलाई दया लाग्यो, श्रमदान गर्ने चाहना !