भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध, नियन्त्रण गर्न प्रहरी नै खटाइने !

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग रोक्न प्रहरी परिचालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयल र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई भदौ १ गतेदेखि देशभरि नै कडाइका साथ लागु गर्नेभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको ठूलो क्षति पु¥याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन ।वन तथा वातावण मन्त्रालयका सहसचिव एवं प्रवक्ता मेघनाथ काफ्लेले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्न सबै संयन्त्र प्रयोग गरी भदौ १ बाट कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिनुभयो । वर्षांैदेखि कार्यान्वयन हुन नसकेको नियम अब कार्यान्वयन गर्न सकिन्छ त भन्ने नेपाल समाचारपत्रको प्रश्नमा प्रवक्ता काफ्लेले भन्नुभयो– ‘किन नसक्ने ? अब त प्रहरी परिचालन गरेर भए पनि नियन्त्रण गर्नेछौं ।’

उहाँले यसमा स्थानीय तहको सहयोग अनिवार्य रहनुपर्नेमा पनि जोड दिनुभयो । मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने प्रवक्ता काफ्लेको भनाइ थियो ।

सरकारले गत साउन १ गतेदेखि वातावरणलाई पूर्ण असर प-याउने प्लास्टिकको झोला प्रतिबन्ध लगाउने नियम ल्याएको हो । तर, उक्त नियमको कडाइका साथ कार्यान्वयन हुन सकेको थिएन । भदौ १ बाट भने जसरी भए पनि कार्यान्वयन गराई छाड्ने प्रवक्ता काफ्लेले दाबी गर्नुभयो । सरकारले स्थानीय निकायको सुझावका आधारमा ४० माइक्रोनभन्दा पातलो झोला नियन्त्रण गर्न लागेको हो ।

प्रकाशित : शुक्रबार, साउन २०, २०७९१०:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपमेयर नै भारतीय निस्किएपछि …