कांग्रेसलाई धम्क्याएर बढी सिट लिने प्रचण्डको दाउ, खुल्लम-खुल्ला दिए धम्कि !

काठमाडौं । मिति घोषणा नभए पनि राजनीतिक दललाई संघीय र प्रदेशको निर्वाचनको हावा लागिसकेको छ । एक्लाएक्लै जान नेपाली काँग्रेस पनि हच्किएकाले सत्तारुढ गठवन्धनले संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल गर्ने निश्चितजस्तै देखिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

केहीअघि सम्पनन काँग्रेसको बैठकले एकल बहुमत आउने गरी गठवन्धन आवद्ध दलहरूसंग तालमेल गर्ने नीति सार्वजनिक भएसँगै नेकपा( माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संशंकित भएका छन् । काँग्रेसको एकल बहुमत आए आफूहरूको अवस्था सडकछाप हुने भयले अहिले खासगरी माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल काँग्रेसलाई धम्क्याएर बढी सिट लिने दाउमा लागेका छन् ।

यसैकुराको पुष्टि शनिबारै शनिवार मात्र पनि प्रचण्डले गरेका छन् । आफूहरूलाई दोश्रो हुने गरी सिट बाँडफाँड नभए काँग्रेसलाई पनि ठेगान लगाइदिने धम्की दिनुमा यही भयले काम गरेको जानिफकारहरू बताउँछन् । शनिबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले काँग्रेसलाई धम्की दिंदै माओवादीलाई दोश्रो हुन नदिए सहयोग नगर्ने बताए ।

अन्तिम पटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गर्दै उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झिने गरी देशलाई केही दिने सपना रहेको पनि बताए ।उनले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनलाई सहयोग नगर्ने चेतावनी दिए । प्रचण्डले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे ।

उनले गत स्थानीय तहको निर्वाचनले नेपालको एकमात्रै माओवादी (माओवादी केन्द्र) मात्रै रहेको जिकिर गरे । ‘प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो । कम्तिमा पनि लेट मुभमेन्ट पहिलो हुने पूरै सम्भावना छ । मैले नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु । अहिले पहिलो पार्टी त तपाईँहरू नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ’, उनले भने,‘त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ । नत्र हुँदैन भनेको छु । यसमा हाम्रो नेतृत्व तहमा राम्रो समझदारी छ ।’

प्रचण्डले यो पटक स्थानीय चुनावको जस्तो हुन नदिइने पनि बताए । ‘हामीलाई अघि जान यो चुनावले धेरै ठूलो मद्दत गर्नेछ । त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ । हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनु छ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु’, उनले भने, ‘माओवादी भनेको माओवादी केन्द्र मात्रै हो अरु माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो । किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन । बाबुराम त माओवादी नै होइनन्,तिनको हिसाब नै भएन ।’

अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगामीहरुले राजनीतिमा बूढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए । उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने बताए । दाहालले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले गाह्रो नरहेको उल्लेख गरे ।

प्रकाशित : आइतबार, साउन १५, २०७९०८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शर्मालाई उन्मुक्ति दिन अनुसन्धानमा उल्टो विधि, शंकाको घेरामा रहेका माथि अनुसन्धान नै भएन !