आज सुन २३ दिनकै महँगो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको शुरु देखि नै बढे र घट्ने भइरहेको सुनको मूल्य आज शुक्रबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। यससँगै छापावाला सुन ९५ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन ३ साता भन्दा बढी समयकै महँगो

यस साता शुरु भएपछि नेपाली बजारमा सुनको मूल्य १ हजार ६ सय रुपैंयाँले बढिसकेको छ। यससँगै सुन तीन साता भन्दा बढी समयकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य असार २२ गते महँगो हो। आज कायम भएको मूल्य २३ दिनकै महँगो रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु ३५ ले बढेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय २० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : शुक्रबार, साउन १३, २०७९११:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“हाम्रो सहारा बुवा मात्रै हुनुहुन्थ्यो, बुबाको पनि दाइले ज्यान लियो, अब म के गरौँ ? कहाँ जाउँ ?”