थप २ कम्पनीले आईपीओको लाइन्मा !

काठमाडौं, थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपी० निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो । बोर्डले साउन ९ गते अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ,एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : बुधबार, साउन ११, २०७९०९:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए नयाँ ताल !