रुख ढलेर किच्दा तीनको मृत्यु, एकको पहिचान खुल्यो !

भक्तपुर,  भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।

आइतबार दिउँंसो सवा १२ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा. २ ख. ३५८४ नम्बरको बस र बा. ६१ प. ३९७८ नम्बरकाे स्कुटरलाई किच्दा तीनजनाकाे मृत्यु भएकाे र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार मृतकमध्ये दुईजनाकाे अझै पहिचान हुन सकेकाे छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् । तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूकाे भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रकाशित : आइतबार, साउन ०८, २०७९१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब पनौतीमा पनि प्याराग्लाइडिङ !