सुन एक साता भन्दा बढी समयकै महँगो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। गत साताको अन्तिम दिन बढेको सुनको मूल्य यस साताको पहिलो दिन पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। यससँगै छापावाला सुन ९४ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन साउन महिनाकै महँगो

लगातार दुई पटक वृद्धि भएसँगै नेपाली बजारमा सुनको मूल्य झन्डै एक साता भन्दा बढी समयकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य असार ३० गते यताकै महँगो हो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। जससँगै चाँदीको मूल्य १ हजार १ सय ५५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : आइतबार, साउन ०८, २०७९१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को लघुवित्तको आउँदैछ आईपीओ ! कहिलेबाट दिने आवेदन ?