कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौँ – आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

सोमबारपहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ साउन ८ गते (आइतबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७९ साउन ९ गते (सोमबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ साउन १० गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : आइतबार, साउन ०८, २०७९०७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्वेत–गंगाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु त भएको छैन ?