विदेशी चलखेलका कारण ओली सरकार ढलेको उपेन्द्र यादवको खुलासा !

एजेन्सी – सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशीको इशारामा तत्कालीन नेकपा एमालेको सरकार ढलेको खुलासा गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा यादवले विदेशीको इशारामा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको खुलासा गरेका हुन्।

नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै यादवले भूराजनीतिकै प्रभावलै कारण ओली पूर्वप्रधानमन्त्री बन्न पुगेको बताए।

नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरु देखिनै प्रभावित हुँदै आएको यादवले सुनाए। भूराजनीतिकै प्रभावकै कारण ओली सरकार ढलेको यादवको भनाई छ।

“भूराजनीतिमा नेपालको पोजिसन हेर्दाखेरि बडो संवेदनशील छ । हाम्रो मुलुक ल्याण्डलक छ र अल्पविकसित छ । राजनीतिक रुपमा अहिले पनि अस्थिर नै छ। यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँ सँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिए । म पूर्व भए । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो।”,यादवले भने।

कुनै पनि मुलुकले आफ्नो विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई तय गर्दा भूराजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिए गर्नुपर्ने पनि बताए। भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएको यादवले बताए।

उनले भने,”कुनै पनि मुलुकले आफ्नो विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई तय गर्दा भूराजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ । नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ । भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएका छन् र यो भूराजनीतिको प्रभावबाट आफ्नो मुलुकको इन्ट्रेष्ट, आफ्नो मुलुकको सार्वभौमसत्ता, आफ्नो मुलुकको आर्थिक उन्नति, आफ्नो मुलुकको सुरक्षा र आफ्नो मुलुकको संस्कृति र सम्पन्नतालाई कसरी बढाउने, कसरी संरक्षण गर्ने यी महत्वपूर्ण विषय निश्चित रुपमा भूराजनीतिसँग जोडिएका विषयहरु हुन् ।”

प्रकाशित : शनिबार, असार ३२, २०७९१९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दश वस्तुको आयात प्रतिबन्ध निरन्तर ! के-के ? [सूची सहित]