प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्भावित मिति बाहिरियो ! कहिले ?

k|d b]pjfåf/f dtbfg 88]Nw'/f, #) j}zfvM k|wfgdGqL Pj+ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf 88]Nw'/fsf] uGofkw'/f–!, ¿jfvf]nfl:yt cl;u|fd dfljdf dtbfg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मितिबारे राय दिने तयारी गरेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मितिबारे छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति उपयुक्त हुने सुझाव दिनेछ,’ आयोग उच्च स्रोतले राजधानीसँग भन्यो ।

आयोगले देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गर्ने भएको हो । आयोगले सरकारका केही मन्त्रीहरूसँग केही दिनयता भएका अनौपचारिक संवादका क्रममा एकै चरणमा निर्वाचन गर्नेगरी सो मितिबारे समेत छलफल गर्दै आएको छ ।

आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम जारी राखेको छ । निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वतः रोकिने भएकाले मिति घोषणा हुनुअघिसम्म नाम दर्ता गर्न सकिनेछ ।

७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रसासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम जारी रहेको आयोगले जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।

यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत एकैपटक गरिएको थियो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी २२ मंसिरमा सकिने बताउँदै आएको छ ।

प्रकाशित : सोमबार, असार २०, २०७९०९:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवादित जनार्दनको अर्को ‘हर्कत’, देउवाका छोरालाई फेवर गरेको खुलासा !