मानव जीवनमा धन र सौभाग्यको प्रतीक मानिने शुक्र देवले केही दिन राशि परिवर्तन गर्ने भएका छन् । जब कुनै ग्रहको राशिमा परिवर्तन हुन्छ तब सबै १२ राशिमा यसको असर पर्छ।ज्योतिष शास्त्रका अनुसार शुक्रको यस राशि परिवर्तनले धेरै मानिसहरूको सुतेको भाग्य जाग्नेछ । यस पटक शुक्र मे २३ मा मीन राशिबाट मेष राशिमा स र्दैछ। शुक्रको यस राशि परिवर्तनको कारण कुन राशिका व्यक्तिलाई शुभ हुनेछ जान्नुहोस् ।
मेष राशि
यस समयमा माता लक्ष्मीको कृपाले मेष राशिका व्यक्तिको जीवन सुखमय बन्नेछ। आर्थिक पक्ष बलियो रहनेछ । लगानीबाट लाभ मिल्नेछ । खर्चमा कमी आउनेछ । लेनदेनका लागि यो महिना निकै शुभ रहनेछ । पारिवारिक जीवन सुखमय रहनेछ।
मिथुन राशि
लेनदेनका लागि समय शुभ छ तर लेनदेन गर्नुअघि राम्ररी सोच्नुहोस्। माता लक्ष्मीको विशेष कृपा रहनेछ। आर्थिक स्थिति धेरै राम्रो हुनेछ। नयाँ कामको थालनी गर्ने यो समय राम्रो छ। नयाँ घर वा सवारी साधन किन्ने सम्भावना छ ।
वृश्चिक राशि
लेनदेनका लागि समय शुभ रहनेछ। माता लक्ष्मीको कृपाले काममा सफलता मिल्नेछ । व्यापारका लागि यो समय निकै शुभ रहेको छ । धन – लाभ हुनेछ, तर यो वर्ष त आफ्नो खर्चमा नियन्त्रण गर्नुपर्नेछ। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ ।
धनु राशि
लेनदेनका लागि पनि समय राम्रो छ। माता लक्ष्मीको कृपा हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । लगानीका लागि समय राम्रो छ । आम्दानीका स्रोत बढ्नेछन् । नयाँ सवारी साधन खरिद गर्न सकिनेछ ।
कुम्भ राशि
शुक्रको यस राशि परिवर्तनको कारण कुम्भ राशिका व्यक्तिलाई माता लक्ष्मीको विशेष आशीर्वाद प्राप्त हुनेछ। व्यापारी वर्गका लागि यो समय वरदानभन्दा कम हुने छैन ।नयाँ घर वा सवारी खरिदका लागि समय शुभ रहेको छ । यस समयमा आर्थिक लाभ हुनेछ, तर खर्च कम गर्ने प्रयास गर्नुहोस्।