पैसा गन्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती, अन्यथा सधैँ हुनेछ पैसाको अभाव !

धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न र उनको कृपा प्राप्त गर्न मानिसहरु निकै मेहनत गर्छन्। घरमा सुख-समृद्धि होस् र घर धन र अन्नले भरियोस् भनेर कडा परिश्रम हरेक मानिसले गर्छन्। माता लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् र उनलाई प्रसन्न पार्न देवी लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ। जुन घरमा लक्ष्मीको वास हुन्छ, त्यो घरमा गरिबी कहिल्यै आउँदैन भन्ने मान्यता रहँदै आएको छ। तर माता लक्ष्मीको क्रोधका कारण घरमा अभाव हुन्छ।

धेरै पटक मिहिनेत गरेर पनि घरमा पैसाको आगमन बढ्दैन वा कहिलेकाहीँ मानिस दैनिक जीवनमा केही न केही गर्ने गर्छन्, जसका कारण घरमा पैसा टिक्दैन। यसको कुनै ठूलो कारण छैन। दिनहुँका साना–साना कुराले माता लक्ष्मीलाई सताउने गर्छ। पैसाको लेनदेन गर्दा यी कुरामा ध्यान दिनु भयो भने माता लक्ष्मीको कृपा कायम रहनेछ। आउनुहोस् वास्तुका यी नियमहरू बारे जान्नुहोस्।

पैसा गन्दा ख्याल राख्नुहोस् यी कुराहरु 

वास्तुशास्त्र अनुसार पर्समा नोट वा पैसाको साथमा खानेकुरा नराख्नुहोस्। यो पैसाको अपमान हो।

कुनै पनि गरिब वा खाँचोमा परेकालाई पैसा दिँदा, पैसा कहिल्यै फालेर नदिने कुरामा ध्यान राख्नुहोस्। यसो गर्दा माता लक्ष्मीको अपमान हुन्छ।

नोट गन्दा मानिसहरु बारम्बार हातमा थुक लगाउँछन्, जुन गल्ती हो। यसो गर्दा माता लक्ष्मीको अपमान हुन्छ। पैसा गणना गर्दा, तपाईं यसमा पानी वा पाउडर प्रयोग गर्न सक्नुहुन्छ।

आफ्नो ओछ्यानको सिरानी वा छेउमा पैसा राखेर सुत्नु हुँदैन। यो माता लक्ष्मीको अपमान हो। पैसा सधैं सफा वा सुरक्षित ठाउँमा राख्नुहोस्। यसका साथै कौडाको साथ पैसा राख्नुहोस्।

धनमा लक्ष्मीको वास हुने विश्वास रहेको छ। त्यसैले भुइँमा खसेको धनलाई उठाएर निधारमा अवश्य लगाउनुहोस्। त्यसपछि मात्र खल्तीमा राख्नुहोस्।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मानसिक रोग र ऋणले सताएको व्यक्तिका फलदायी हुनेछ यस्ता उपाय, अवश्य हर्नुहोस् !