ज्योतिष शास्त्रका अनुसार शुक्र ग्रहलाई प्रेम, विवाह, सौन्दर्य, धन, सम्पत्ति र सुखको कारक ग्रह मानिन्छ । कुण्डलीमा शुक्रको शुभ स्थितिले व्यक्तिलाई जीवनमा सुख, प्रेम र धनको मामिलामा सफलता मिल्छ । यस ग्रहको शुभ प्रभाव रहेका व्यक्तिलाई जीवनमा थुप्रै धन सम्पत्ति प्राप्त हुने मान्यता रहेको छ । मे २३ मा शुक्र ग्रह मेष राशिमा प्रवेश गर्नेछ । यस राशिमा शुक्रको प्रवेशले केही राशिको भाग्य चम्किने भएको छ । कुन-कुन ?
मिथुन राशि
मिथुन राशिका व्यक्तिलाई शुक्रको राशि परिवर्तन शुभ रहनेछ। धन आर्जन हुने स्रोत खुल्नेछ । धन बचत गर्न सफल हुनुहुनेछ। यस समयमा आफ्नै काम गर्ने बारे सोच्न सक्नुहुन्छ। कुनै पनि काममा ठूलो सफलता मिल्न सक्छ। यो अवधि करियरको हिसाबले पनि अनुकूल रहनेछ।
धनु राशि
धनु राशिका व्यक्तिलाई शुक्रको राशि परिवर्तनको समयमा करियरमा सुनौलो सफलता मिल्ने सम्भावना छ। वैदेशिक यात्रामा रहेका व्यक्तिलाई शुभ फल मिल्नेछ । अध्यात्म तर्फ झुकाव बढ्नेछ। मिहिनेत अनुसारको राम्रो नतिजा मिल्नेछ । यस अवधिमा पुराना ऋण तिर्न सक्नुहुनेछ।
मकर राशि
यस समयमा मकर राशिका व्यक्तिलाई अचल सम्पत्ति खरिदका लागि यो समय अनुकूल साबित हुनेछ। काममा स्थिरता रहनेछ। कार्य क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ साथै नयाँ कामको अवसर पनि मिल्नेछ । सय अवधिमा मकर राशिका व्यक्तिलाई सुख सुविधा बढ्नेछ। कार्यस्थलमा ठूलो सफलता हात पार्न सक्नेछ ।