ज्योतिष शास्त्रका अनुसार शनिदेवको हरेक चालले मानव जीवनमा ठुलो प्रभाव पर्ने गर्दछ । हालै अप्रिल २९ मा शनिले कुम्भ राशिमा प्रवेश गरेको छ । अब यस राशिबाट शनि छिट्टै उल्टो चाल चल्दै छन् । शनिको उल्टो गतिले सबै राशिहरूलाई शुभ तथा अशुभ असर गर्नेछ। शनि ५ जुनमा उल्टो चाल चल्दै छन् । र २३ अक्टोबर २०२२ सम्म यहि स्थितिमा रहनेछन्। जान्नुहोस् कुन राशिमा शनिको यो चाल शुभ साबित हुनेछ ।
वृष राशि
यस राशिका व्यक्तिहरूलाई शनिको उल्टो चालको शुभ फल मिल्नेछ । रोजगारी खोज्नेको लागि यो समय शुभ रहेको छ । मिहिनेतको पूर्ण फल मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । जागिरमा पदोन्नति र तलब वृद्धिको सम्भावना छ । शनिको यो चालले वृष राशिका व्यक्तिलाई व्यापार व्यवसायमा पनि लाभदायक साबित हुनेछ ।
कन्या राशि
कन्या राशि भएका व्यक्तिलाई यस समयमा शनिको विशेष पनि कृपा मिल्नेछ । कामको खोजिमा रहेकालाई राम्रो काम पाउने प्रबल सम्भावना छ । हालको काममा केही परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने यो समय अनुकूल छ। नयाँ कामको थालनी गर्न समय शुभ रहेको छ । यस अवधिमा कन्या राशिका व्यक्तिको आम्दानी बढ्ने प्रबल सम्भावना छ ।
मकर राशि
यस अवधिमा मकर राशिका व्यक्तिलाई शनिदेवको विशेष कृपा मिल्नेछ। यस समयमा बिग्रिएका काम पुरा हुनेछन्। नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने समय अनुकुल रहेको छ । कार्यस्थलमा छवि बलियो हुनेछ। हरेक काममा सफलता मिल्ने देखिन्छ ।