हनुमानलाई खुसी पर्न आज परेको छ विशेष दिन, यस्ता उपाय गर्नाले खुसीले भरिनेछ घर-परिवार !

हरेक मंगलबार भगवान राम भक्त हनुमानको नाममा समर्पित छ । धार्मिक मान्यता अनुसार मंगलबार भगवान हनुमानको दिन मानिन्छ। धार्मिक मान्यता रहेको छ की जुन व्यक्ति प्रति हनुमानजी प्रसन्न हुन्छन्, उसको जीवन धन-धन्य हुनुको साथै रक्षा हुने जनविश्वास छ । भगवान राम भक्त हनुमानलाई खुसी पार्ने अनेक उपाय छन् । आज यस पोस्ट उपायको बारेमा बताउने छौँ ।

हनुमानलाई  किन मन पर्छ रातो रङ ?
धार्मिक शास्त्र अनुसार भगवान हनुमानलाई प्रसन्न पार्न मंगलबार पहेँलो वा रातो रंगको कपडा लगाउनु पर्छ । यसको कारण के हो भने हनुमानलाई यी दुवै रंग धेरै मन पर्छन् । हनुमानलाई यी रंग मन पर्नुको पछाडि एउटा चर्चित कथा छ। शास्त्रका अनुसार हनुमानले एक पटक माता सीतालाई सिंदूर लगाउनुको कारण सोधे । यसमा माता सीताले भनिन् कि यो रङ भगवान श्रीरामलाई धेरै मन पर्छ। त्यसैले निधारमा लगाउँछु ।

भगवान श्री रामले हनुमान दिए आशीर्वाद

भनिन्छ कि माता सीताको यो कुरा सुनेपछि हनुमानले आफ्नो शरीरमा सिन्दुर लगाएर भगवान रामको अगाडि पुगे। जसलाई देखेर भगवान श्रीराम हाँस्नु भयो र हनुमानलाई आशीर्वाद दिनुभयो कि अब यो रंगले तिमी चिनिने छौँ । मंगलबारको दिन पहेँलो वा रातो रङको कपडा धारण गर्नाले हनुमानले मानिसको सौभाग्य प्रदान गर्ने जनविश्वास रहेको छ ।

मंगलबार हनुमानको नामको जप गर्नु शुभ हुने 
यदि कसैबाट ऋण लिनुभएको छ र अझै तिर्न सक्नु भएको छैन भने मंगलबार हनुमानको नाममा जप गर्नु शुभ मानिन्छ । यसो गर्नाले हनुमान प्रसन्न हुनुका साथै आर्थिक समृद्धि प्रदान गर्नुको साथै घरमा भएका समस्या हट्ने मान्यता रहेको छ। यसको साथै मंगलबारको दिन कुनै पनि हनुमान मन्दिरमा नरिवल प्रसादको रुपमा दान गर्न सक्नुहुन्छ। यसो गर्नाले अशान्त मनलाई अपार शान्ति मिल्छ।

यस्ता उपायले हटाउन सकिन्छ मंगल दोष 
यदि व्यक्तिको कुण्डली वा राशिमा मंगल दोष छ भने भगवान हनुमानलाई प्रसन्न पार्नु आवश्यक हुन्छ। यसका लागि मंगलबार हनुमानजीको पूजा गर्नुका साथै मन्दिरमा रहेको हनुमानजीको मूर्तिको अगाडि सखर र चना चढाउनुपर्छ । यसो गर्नाले हनुमान सुखी हुने र आफ्ना भक्तजन हरुमा उनको कृपा हुने जनविश्वास रहेको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९११:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमा माता लक्ष्मीको आगमन हुनुअघि मिल्छ यस्ता संकेत, घर परिवारमा हुनेछ धनको वर्षा !