एजेन्सी- भारतको पञ्जाबी फिल्म क्षेत्रकी चर्चित गायिका तथा अभिनेत्री शहनाज गिल कुनै न कुनै कारणले सधैँ चर्चामा हुने गर्छिन् । ‘बिग बोस १३’ मा सहभागी बनेपछि उनको भाग्य फेरिएको छ । उनका फ्यान भारतमा मात्रै नभई देश विदेशमा पनि रहेका छन्, जो उनको हरेक स्टाइलमा मोहित छन् । सन् २०२१ उनको लागि कठिनाइले भरिएको थियो।
भारतक चर्चित टिभी अभिनेता तथा बिग बोस १३ विजेता सिद्धार्थ शुक्लाको मृत्युपछि उनी स्तब्ध भएकी थिइन् तर अब उनले समयसँगै आफूलाई सकेकी छिन् ।
शहनाज केही समयदेखि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनका फ्यानले हरेक दिन उनको नयाँ-नयाँ लुक हेर्न पाउँछन् । अहिले पञ्जाबकी कट्रिनाले आफ्नो पछिल्लो फोटो सुटका कारण फेरि एक पटक सामाजिक सञ्जालमा चर्चा कमाएकी छिन् ।
हालै शहनाजले भारतका चर्चित फोटोग्राफर डब्बू रत्नानीको लागि एउटा ह:_ट फोटो सुट गराएकी छिन्, जसमा उनलाई देखेर सबैले उनको तस्बिरमा हेरेको हेरै भएका छन् ।
जसमा शहनाजले कालो लेदरको टाइट ड्रेस लगाएकी छिन् । अहिले शहनाजको तस्बिरमा उनका फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।