भगवान राम भक्त हनुमानलाई कलियुगको मुख्य देवताको रुपमा चिनिन्छ । माता सीताले राम भक्त हनुमानलाई अमर रहने वरदान दिएकी थिइन् । जुन व्यक्तिमा हनुमानको कृपा रहन्छ उसको हरेक मनोकामना पुरा हुने जनविश्वास रहेको छ । ज्योतिष शास्त्रमा १२ वटा राशि हुन्छ । ज्योतिष शास्त्रका अनुसार यी १२ राशिमा हनुमानको विशेष कृपा हुन्छ । त्यस मध्य पनि केही यस्ता राशि छन् जुन हनुमानका निकै प्रिय हुन्छन्, जान्नुहोस् कुन-कुन ?
मेष राशि
ज्योतिष शास्त्रका अनुसार मेष राशिका मानिसहरुमा हनुमानको विशेष कृपा हुन्छ । मेष राशिका मानिसहरुको इच्छाशक्ति निकै बलियो हुन्छ । मेष राशिका व्यक्तिहरूले हनुमान विशेष आशीर्वाद प्राप्त गर्न दिनहुँ भगवान श्रीरामको नामको जप गर्नुपर्छ। जसको कारण हनुमानको विशेष कृपाले मेष राशिका मानिसहरुको आर्थिक पक्ष पनि मजबुत हुन्छ ।
कुम्भ राशि
ज्योतिष शास्त्रका अनुसार हनुमानको कृपाले कुम्भ राशिका मानिसहरुलाई आफ्नो काममा छिट्टै सफलता मिल्छ । कुम्भ राशिमा हनुमान जीको विशेष कृपा कायम रहन्छ। कुम्भ राशिका मानिसहरुका लागि धनको कुनै कमी हुँदैन ।हनुमानको कृपाले कुम्भ राशिका व्यक्तिको समस्या क्षणभरमै हट्छ ।
सिंह राशि
ज्योतिष शास्त्रका अनुसार हनुमानको कृपाले सिंह राशिका मानिसहरुबाट समस्याहरु टाढा रहन्छन् । यस राशिका मानिसहरुको आर्थिक पक्ष पनि बलियो हुन्छ । हनुमानको कृपाले सिंह राशिका व्यक्तिको काम र व्यापारमा प्रगति हुनेछ। सिंह राशिका व्यक्तिहरूले हनुमानको विशेष आशीर्वाद प्राप्त गर्न दैनिक बजरंग बाणको पाठ गर्नुपर्छ।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिमा हनुमानको विशेष कृपा हुने गर्दछ । यस राशिका व्यक्तिलाई प्राय: काममा कुनै वाधा आउँदैन । हनुमानको कृपाले यस राशिका मानिसलाई छिट्टै काममा पदोन्नति मिल्छ। हनुमानको कृपाले वृश्चिक राशिका मानिसहरु निकै भाग्यमानी हुन्छन् ।