२ राशिका मानिस जिउँछन् आलिशान राजसी जीवन, शनिदेवको रहन्छ विशेष कृपा

काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार हरेक राशिको आफ्नो मूल स्वभाव एक-आपसमा भिन्न हुन्छ। यी राशिका व्यक्तिहरुका जीवनशैली पनि अलग-अलग हुन्छ। तपाईले समाज, गाउँ-ठाउँमा देख्नुभएकै होला कतिपय मानिसहरु विलासी जीवन बिताउन चाहन्छन्। उनीहरु पैसा खर्च गर्न पनि अलिकति पनि हिच्किचाउँदैनन्। उनीहरुलाई कञ्जुसी बिल्कुलै मन पर्दैन्। आज हामी २ राशिका बारेमा चर्चा गर्छौँ, जसमाथि शनिदेवको कृपा हुन्छ। यी मानिसहरुले शनिदेवको आशिर्वादले धेरै नाम र प्रसिद्धि कमाउँछन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका मानिसहरु कर्मठ र ईमान्दार हुन्छन्। कुम्भ राशिमा शनिदेवको आधिपत्य हुन्छ। त्यसैले यी राशिमा शनिदेवको कृपा कायमै रहन्छ। यस राशिका मानिसहरु सरल र शान्त स्वभावका हुन्छन्। उनीहरु सम्बन्धप्रति एकदमै बफादार रहन्छन्। उनीहरु भाग्यमा भन्दा बढी कर्ममा विश्वास गर्छन्। यस राशिका मानिसहरु प्राय: उच्च प्रशासनिक पदमा आसिन हुन्छन् या ठूला व्यापारी बन्छन्। यस राशिका मानिसहरु लक्ष्य हासिल गरेपछि मात्र विश्राम लिन्छन्। साथै उनीहरु जिद्दी स्वभावका हुन्छन्। यस राशिका मानिसहरुले सधैँ शनिको उपासना गर्नुपर्छ। साथै शनिदेवका पिता सूर्यदेवको पनि पूजा-आराधना गर्नुपर्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिको स्वामी पनि शनिदेव हो। यस राशिका मानिसहरु रमाइलो जीवन जिउन रुचाउँछन्। यद्यपि उनीहरुले धनसम्पत्ति जोड्नमा विश्वास गर्छन्। तर खर्च गर्ने मामिलामा यस राशिका मानिसहरु सधैँ अगाडी हुन्छन्। विभिन्न भेटघाट तथा भेलामा उनीहरु अरुका कुरा सुन्नुको सट्टा आफ्नो राय राख्न रुचाउँछन्। उनीहरु महत्वाकांक्षी, गम्भीर र कामप्रति समर्पित हुन्छन्। साथै उनीहरु आत्म-अनुशासित, जिम्मेवार र व्यावहारिक प्रकृतिका हुन्छन्। त्यसैले यस राशिमा भगवान शनिदेवको विशेष कृपा रहन्छ। शनिदेवले यिनको जीवनमा सबै खाले सुख प्रदान गर्दछ। यस राशिका मानिसहरुले आफ्नो पर्समा मयूरको प्वाख राख्नुपर्छ र सधैँ शनिदेवको शरणमा रहनुपर्छ। मयुरको प्वाख आफूसँग हुँदा शनि,  राहु र केतुले दुष्प्रभाव पार्दैन्।

शनि ग्रह मकर र कुम्भ राशिको स्वामी हो। शनिले आफ्नो शत्रु ग्रहहरुमाथि बक्रदृष्टि लगाउँछ। मेष र वृश्चिक राशिको स्वामी मङ्गल भएको कारण यस राशिका मानिसले शनिको प्रतिकूल प्रभावबाट बच्नुपर्छ। वृष राशिको स्वामी शुक्र र शुक्र शनिको मित्र भएकोले यस राशिलाई शनिले शुभ फल प्रदान गर्दछ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिरानी मुनि राख्नुहोस् यस्ता चिज, ग्रहको स्थिति बलवान हुनुको साथै चम्किनेछ भाग्य !