काठमाडौँ : ज्योतिष शास्त्र अनुसार हरेक ग्रह एक निश्चित समयको अन्तरालमा एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्छ। ग्रहहरुका राशि परिवर्तनको पूर्ण प्रभाव मानव जीवन र पृथ्वीमा पर्छ। शुक्र ग्रहले राशि गर्दैछ। विलासिता र वैभवको दाता शुक्रदेव मङ्गलको स्वराशि मेषमा प्रवेश गर्दैछ। यो गोचर जेठ ९ गते(२३ मे) सोमबार हुँदैछ, जसको प्रभाव सबै १२ वटै राशिहरुमा पर्नेछ। तर १२ राशिहरुमध्ये ३ राशिका मानिसलाई यो गोचर अत्यन्तै लाभदायी साबित हुनेछ। जान्नुहोस्, ती राशि कुन-कुन हुन् त ?
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
शुक्र गोचर ११ औँ भावमा हुनेछ, जसलाई आय र लाभको भाव भनिन्छ। त्यसैले यस समयावधिमा तपाईको आय बढ्न सक्छ। साथै आयका नयाँ श्रोतहरुबाट धन आर्जन गर्नुहुनेछ। कुनै व्यवसायिक सम्झौताबाट आकर्षक धन लाभ हुनेछ। शुक्र यतिबेला तपाईको सम्पत्ति र परिवारको दोस्रो भाव र पार्टनर र साझेदारीको सप्तम भावको स्वामी हो। यस समयमा तपाईले जीवनसाथी पूर्ण साथ-सहयोग प्राप्त गर्नुहुनेछ। साझेदारीको कामबाट राम्रो लाभ हुनेछ। व्यवसायिक यात्रा पनि गर्नुहुनेछ, जुन फाइदाजनक साबित हुन सक्छ। मिथुन राशिको स्वामी बुध ग्रह हो र ज्योतिषमा बुध ग्रहलाईइ व्यापारको दाता भनिन्छ। त्यसैले यसअवधिमा शेयरबजारबाट पनि राम्रो पैसा कमाउन सकिन्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
शुक्र ग्रहको गोचर तपाईको लागि शुभ फलदायी साबित हुन् सक्छ। शुक्रदेव दशम भावमा गोचर गर्नेछ, जसलाई कार्यक्षेत्र र जागिरको भाव भनिन्छ। त्यसैले यस अवधिमा तपाईले जागिरको नयाँ अवसर पाउनुहुनेछ। कार्यक्षेत्रमा स्थान परिवर्तन हुन् सक्छ। तपाईको बढुवा तथा तलबवृद्दिको हुन् सक्छ। यस समयमा तपाईलाई भाग्यले पूर्ण साथ दिनेछ। कार्यस्थलमा वरिष्ठ अधिकारीहरु तपाईको पक्षमा रहनेछन्। आर्थिक पक्ष पनि मजबूत रहनेछ। खानपान, ट्राभल एजेन्ट्स, होटेल इन्डस्ट्री तथा अटोमोबाइल व्यापार-व्यवसायमा आबद्ध व्यक्तिले यो समयमा मनग्यै मुनाफा कमाउनेछन्। कारोबारमा यहीँ अवधिमा नयाँ सम्झौता हुन् सक्छ। साझेदारीको काममा पनि सन्तोषजनक सफलता हासिल हुनेछ। शेयर बजारमा लगानी गर्नको लागि समय अनुकूल रहेको छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
शुक्रको गोचर मीन राशिका लागि लाभदायी पुष्टि हुनेछ। शुक्रदेव दोस्रो भावमा गोचर गर्नेछ, जसलाई धन र वाणीको भावव भनिन्छ। त्यसैले यस अवधिमा आकस्मिक धनलाभ हुन् सक्छ। कतै अड्किएको पैसा प्राप्त हुनेछ। बढुवा र तलबवृद्दि रोकिएको थियो भने त्यसले गति लिनेछ। व्यापारमा नयाँ लगानीको गर्न सक्नुहुन्छ। वकालत र शिक्षण क्षेत्रमा कार्यरत व्यक्तिका लागि समय शानदार रहनेछ। सट्टाबाजी, लोट्टरी र शेयर मार्केटमा पैसा लगानी गर्न इच्छुकका लागि समय अनुकूल छ।