मङ्गलबारबाट बक्री हुँदैछ बुध, सवारी दुर्घटनालगायतका कठिनाई आउने कारण सजग रहनुस् ३ राशि

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह गोचर या बक्री हुँदा त्यसको प्रत्यक्ष प्रभाव मानव जीवन र पृथ्वीमा पर्छ। ग्रहका राजकुमार बुध बैशाख २७ गते(मे १०) मङ्गलबार साँझ साँढे पाँच बजेबाट वृष राशिमा बक्री हुँदैछ। यसलाई ज्योतिषाचार्यहरु शुभ मान्दैनन्। बुध ग्रह बैशाख ३० गते शुक्रबार अस्ताउनेछ। बुध ग्रहलाई बुद्धि, तर्क शक्ति, वाणिज्य, अर्थव्यवस्था, शेयर र व्यापारको दाता भनिन्छ। त्यसैले बुध ग्रह बक्री हुँदा यी क्षेत्रहरुमा विशेष प्रभाव पर्नेछ। तर १२ राशिहरुमध्ये ३ राशिका मानिसहरुले यस अवधिमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। उनीहरुले केही आर्थिक समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। बुधको बक्रीले सवारी दुर्घटनादेखि सुचना र सञ्चारमाध्यममा पनि क्षति पुर्याउन सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि बुध ग्रह बक्री हुनु अलि पीडादायी साबित हुन् सक्छ। बुध ग्रह द्वादशी भावमा बक्री हुँदैछ, जसलाई हानि र व्ययको भाव भनिन्छ। त्यसैले यो समयमा तपाई अलि बढी होशियार हुनुपर्छ। साथै व्यापारिक लेनदेनमा सतर्कता अपनाउनुहोस्। व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आउनेछ। कतिपयलाई टाउको दुख्ने र माइग्रेनको समस्या हुन् सक्छ। खर्चको मात्रा ह्वात्तै बढ्नेछ। यो अवधिमा कसैलाई पनि सापटी नदिनुहोस्, अन्यथा पैसा डुब्न सक्छ। व्यापारमा नयाँ सम्झौता नगरेकै उचित हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

बुध देव नवम भावमा बक्री हुँदैछ, जसलाई भाग्य र विदेश यात्राको भाव भनिन्छ। यस अवधिमा कन्या राशिका जातकले धेरै मेहनत गर्नुपर्नेछ। भाग्यले कम साथ दिनेछ। परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई किस्मतले साथ दिनेछैन्। कतिपयको बुबासँग मतभेद हुन् सक्छ। यद्यपि आपसी समझदारी र स्वच्छ संवादले सम्बन्धलाई ठिक बनाउनेछ। धार्मिक क्रियाकलापमा तपाईको मन जानेछैन्। व्यवसायिक यात्राको सोच बनाउँदै हुनुहुन्छ भने तत्काललाई त्यो सोच टाल्नुहोस्। कुनै पनि सरकारी काममा हात नहाल्नुहोस्, अन्यथा काम अलपत्र पर्न सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बुध ग्रह षष्ठम भाव बक्री हुँदैछ, जसलाईशत्रु र रोगको भाव भनिन्छ। त्यसैले यसअवधिमा तपाईका विरोधीहरुले तपाईविरुद्ध षड्यन्त्र रच्न सक्छन्। शत्रुपक्षले तपाईको काममा बाधा-अवरोध पैदा गर्न सक्छन्। परिवारमा कसैसँग विवाद हुन् सक्छ। पुरानो रोग बल्झिन सक्छ। बुध देव तपाईको सप्तम भावको स्वामी हो। त्यसैले यस अवधिमा जीवनसाथीसँगको सम्बन्ध बिग्रन सक्छ। साझेदारीको काममा तपाईले कमै मुनाफा पाउनुहुनेछ। यदि साझेदारीमा काम सुरु गर्ने विचार गर्दै हुनुहुन्छ भने अहिलेलाई विश्राम लिनुहोस।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१०:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुख-समृद्धि र धन-वैभवको प्रतीक शुक्रको गोचर, ३ राशिले उठाउनेछ प्रचुर लाभ