बैशाख २८ गतेको राशिफल : बुधबार यी राशिले कठिनाईको सामना गर्नुपर्नेछ, आउनेछन् झैँ-झमेला

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ बैशाख २८ गते बुधबार हो। बुधबार बैशाख महिनाको शुक्लपक्षको दशमी तिथि हो।

बैशाख २८ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। बुधबारको दिन भगवान श्रीगणेशलाई समर्पित हुन्छ। यसैकारण बुधबारको दिन भगवान श्रीगणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। बुधबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख २८ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बुधबार (Wednesday)।।। नक्षत्र – पूर्वफाल्गुनी , १६:१५ बजे उप्रान्त उत्तरफाल्गुनी ।।। तिथि – दशमी , १५:४५ बजे उप्रान्त एकादशी ।।। करण – गर १५:४५ बजेदेखि वणिज , २७:४२ बजे उप्रान्त वालव ।।। योग – व्याघात , १६:४१ बजे उप्रान्त हर्षण ।।। बैशाख २८, २०७९, बुधबार ।।। ११ मे, सन् २०२२ ।।। दशमी, बैशाख शुक्लपक्ष ।।। बछलाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: २० ।।। सूर्यास्त(sunrise) – १८:४२ ।।। शुभ साइत : – होम गर्ने साइत, बिवाह गर्ने साइत, ब्रतबन्ध गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

ताजगी र स्फुर्तिको अभाव रहनेछ। यसका साथै क्रोधको अधिकता रहनेछ। यसको परिणाम स्वरूप काम बिग्रन सक्ला। अफिसमा अधिकारी र घरमा कुटुम्ब तथा विरोधीसँग वाद-विवादमा नपर्नुहोला। कुनै धार्मिक वा धार्मिक स्थानमा जाने अवसर प्राप्त होला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

अत्यधिक कार्यभार र खानपिनमा लापर्वाही गर्दा स्वास्थ्य खराब होला। समयमा भोजन र निन्द्रा नमिल्दा मानसिक रुपले बेचैन रहनुहुन्छ। यात्रामा समस्या आउन सक्ला। निर्धारित समयमा कार्य पूरा हुनेछैन। योग ध्यान र आध्यात्मिक पठनबाट राहत मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मोज-मस्ती र मनोरञ्जनको प्रवृत्तिमा विशेष रुचि रहनेछ। सार्वजनिक जीवनमा मान-प्रतिष्ठा वृद्दि हुनेछ। विपरीतलिङ्गीय व्यक्तिप्रति आकर्षण बढ्नेछ। प्रेम प्राप्तिको योग छ। कुटुम्ब वा मित्रसँग बाहिर घुम्न जानुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको दिन सुखद् र सफल रहनेछ। परिवारमा सुख-शान्ति बनिरहनेछ। पेसा गर्ने व्यक्तिको अफिसमा अनुकुल वातावरण रहला। स्वास्थ्य स्वस्थ रहला। आर्थिक लाभ होला। आवश्यक खर्च होला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तपाई शारीरिक-मानसिक रुपमा तन्दुरुस्त रहनुहुनेछ। रचनात्मक क्रियाकलापमा मन जानेछ। साहित्य र कलाको क्षेत्रमा केही नयाँ सिर्जना  गर्ने प्रेरणा मिल्नेछ। प्रेमी एवम् प्रिय व्यक्तिसँग भेट हुनेछ। सन्तानको शुभ समाचार मिल्नेछ। धार्मिक वा परोपकार कार्यले मन आनन्दित गर्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

तपाईले प्रतिकुलताको सामना गर्नुपर्नेछ। शारीरिक स्वास्थ्यको सम्बन्धमा गुनासो रहनेछ। मनमा चिन्ताको बोझ रहनाले मानसिक बेचैनी अनुभव होला। पारिवारिक सदस्यसँग झगडा हुन सक्ला। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता उत्पन्न होला। पढाईको लागि अनुकूल समय छैन।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

भाग्यवृद्धि हुन्छ। साहसिक कार्यमा मन जानेछ। योग्य ठाउँमा लगानी गर्दा लाभदायक होला। परिवारमा भाई-बहिनीसँग आत्मीयता र मेलमिलाप रहनेछ। विदेशबाट समाचार मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

नकारात्मक मानसिक मनोवृत्ति टाल्नुहोला। नबोल्नुमा नै सबैभन्दा राम्रो कुरा हुनेछ। पारिवारिक सदस्यसँग सङ्घर्ष नगर्नुहोस्। स्वास्थ्य सम्बन्धि गुनासो रहनेछ। अनावश्यक खर्चमा ध्यान दिनुहोला। विद्यार्थीको पढाईमा अवरोध आउनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

निर्धारित कार्यमा सफलता र आर्थिक लाभ होला। सपरिवार माङ्गलिक कार्यक्रममा उपस्थित हुनुहुनेछ। विशेष रूपले कुनै तीर्थयात्रा होला। आफन्तसँग भेट होला। दाम्पत्यजीवनमा निकट र मधुरता अनुभव गर्नुहुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

धार्मिक र आध्यात्मिक प्रवृत्तिमा अत्यधिक व्यस्त रहनुहुन्छ। पूजा-पाठ वा धार्मिक कार्यमा खर्च होला। आफन्त तथा परिवारसँग सम्हालेर बोल्नुहोला। अधिक परिश्रम गर्दापनि कम सफलता मिल्दा निराश अनुभव होला। स्वास्थ्यको ध्यान राख्नुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

नयाँ कार्य वा आयोजन हातमा लिन सक्नुहुनेछ। मित्र , विशेषरुपले स्त्री मित्रबाट लाभ हुनेछ। सामाजिक मण्डलमा प्रसिद्दि र प्रतिष्ठा प्राप्त होला। श्रीमती र छोराको तर्फबाट सुख र सन्तोष अनुभव होला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

तपाईको दिन शुभ फलदायक छ। काममा सफलता र उच्च पदाधिकारीको प्रोत्साहनले उत्साह बढ्नेछ। व्यापारीको व्यापारमा आय वृद्दि होला। पिता एवम् वृद्दको तर्फबाट लाभ हुनेछ। परिवार उन्नतिको संयोग बन्नेछ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशिमा फेरी पर्नेछ शनिको अशुभ छायाँ, ६ महिनासम्म झेल्नु पर्नेछ शनिको क्रूर दृष्टि !