३० दिनसम्म वृष राशिमा बन्दैछ ‘बुधादित्य योग’, सूर्य र बुधले ३ राशिको गर्नेछ कल्याण

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार बुध र सूर्यको मिलनबाट बुधादित्य योगको निर्माण हुन्छ। सामान्यतया: यो यो १० देखि १५ दिनसम बन्छ। तर यसपटक यो शुभ योग ३० दिनसम्म बन्नेछ। यस योगको फलस्वरूप केही राशिले प्रसिद्धि, सफलता र धन प्राप्त गर्नेछन्। वृष राशिमा यो योगको निर्माण जेठ १ गते(मे १५ तारिख) आइतबार सूर्यले राशि परिवर्तन गरेसँगै हुनेछ र असार १ गते(जुन १५ तारिख) सम्म कायमै रहनेछ। कुन राशिका लागि यो अवधि चमत्कारी साबित हुन्छ त ?

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातकले हरेक काममा भरपूर सफलता प्राप्त गर्नेछन्। धन आर्जनका साथसाथै धन-सम्पत्ति सञ्चित गर्नमा पनि तपाई सफल रहनुहुनेछ। लगानीको दृष्टिकोणले पनि समय उत्कृष्ट साबित हुनेछ। यस अवधिमा गरिएका निर्णयहरुले भविष्यमा राम्रो परिणाम दिनेछन्। नयाँ व्यापार सुरु गर्नको लागि समय राम्रो छ। सरकारी जागिरको तयारीमा जुटिरहेका जातकका लागि पनि समय कुनै वरदान भन्दा कम साबित हुनेछैन्। यस अवधिमा धेरै मनोकामनाहरु पूरा हुनेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यस अवधिमा तपाईका प्रयासहरु सफल हुनेछन्। आर्थिक लाभको राम्रो सम्भावना छ। जागिरको खोजीमा रहेका जातकको लागि समय शुभ छ। भाग्यले हरेक कुरामा साथ दिनेछ। वैदेशिक रोजगारमा जाने सपना पूरा हुनेछ। तपाईको प्रेम सम्बन्ध प्रगाढ हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यस अवधिमा तपाईले आफ्नो जीवनमा उल्लेखनीय प्रगति गर्नुहुनेछ। उन्नतिको नयाँ मार्गहरु खुल्नेछन्। करियरमा नयाँ दिशा मिल्नेछ। मिहिनेतको उचित फल मिल्ने देखिन्छ। एकभन्दा बढी स्रोतबाट धन आर्जन हुने सम्भावना छ। भाग्यमा वृद्धि हुनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१८:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मङ्गलबारबाट बक्री हुँदैछ बुध, सवारी दुर्घटनालगायतका कठिनाई आउने कारण सजग रहनुस् ३ राशि