काठमाडौँ : हिन्दू धर्ममा कुनै पनि शुभ कार्य गर्नको लागि शुभ साइत र मुहूर्त निकाल्ने चलन छ। शुभ समयमा गरिएको काममा सफलता मिल्ने सम्भावना बढी हुने जनविश्वास रहेको छ। अहिले कुनै पनि माङ्गलिक कार्य गर्नुअघि पञ्चाङ्ग हेरिन्छ। यदि तपाई कुनै विशेष काम गर्नको लागि खास दिनको खोजीमा हुनुहुन्छ भने तपाईको लागि बैशाख २९ गते सर्वोत्कृष्ट साबित हुनेछ। यस दिन शुभ योगको संयोग बनेको छ। यस शुभ दिनमा तपाईले केही उपाय अपनाउनुभएमा माता लक्ष्मीको विशेष कृपा प्राप्त गर्नुहुनेछ।
बैशाख २९ गते सबै एकादशीहरुमध्ये सबैभन्दा श्रेष्ठ मोहिनी एकादशी परेको छ। यसका साथै शुभ योग पनि यस दिन परेको छ। बैशाख २९ गते बिहिबार हर्षण योग बनेको छ। योसँगै तीन ग्रह आफ्नो स्वराशिमा रहनेछन्। चन्द्रमा आफ्नो स्वराशि कन्यामा, शनि कुम्भ राशिमा र बृहस्पति मीन राशिमा रहनेछ। ज्योतिष अनुसार यस दिन पूजा-पाठ र ब्रत गर्नाले अपरम्पार पुण्य प्राप्त हुनेछ।
धन प्राप्तिको लागि बैशाख २९ गते अपनाउनुहोस् यीमध्ये एक उपाय : –
१. यस दिन तुलसीको बोट नजिक घ्युको दियो बाल्नुहोस् र ११ पटक तुलसीको परिक्रमा गर्नुहोस्।
२. साँझको समयमा दूध र गङ्गाजलले चन्द्रमालाई अर्घ्य दिनुहोस् र कुनै योग्य ब्राह्मणलाई घ्युको कलश, दही, सेतो कपडा इत्यादि चीजहरु दान गर्नुहोस्।
३. पीपलको बोटमा जल चढाई फेदमा घ्युको दियो बाल्नुहोस्।
४. श्रीमद् भागवत पाठ गर्नुहोस्।
५. यस दिन देवी लक्ष्मी र भगवान विष्णुसँगै शङ्खको पूजा गर्नुहोस्। पूजा सकिएपछि पहेँलो फल, पहेँलो कपडा र पहेँलो अन्न गरिबलाई दान गर्नुहोस्।
६. भगवान विष्णुलाई शङ्खले अभिषेक गर्नुहोस्। माता लक्ष्मीलाई खीर चढाउनुहोस्। पूजामा तुलसीको पात प्रयोग गर्नुहोस्।
७. एकादशी व्रत कथा पाठ गर्नुहोस्।
८. यस दिन पूजाको समयमा भगवान विष्णु र माता लक्ष्मीकू आरती गर्नुहोस्।