वर्षको पहिलो चन्द्र ग्रहण जेठ २ गते सोमबार लाग्दैछ । ज्योतिष शास्त्रका अनुसार यो पूर्ण चन्द्र ग्रहण हुनेछ जुन नेपालबाट देखिने छैन । यस दिन बुद्ध पूर्णिमा पनि परिरहेको छ । यसबाहेक चन्द्र ग्रहणसँगै दुई वटा शुभ संयोग पनि बन्ने भएको छ । आगामी चन्द्र ग्रहण तीन राशिका लागि निकै शुभ रहने ज्योतिषीहरुले बताएका छन् ।
हिन्दू पात्रोको अनुसार वर्षको पहिलो चन्द्र ग्रहण जेठ २ गते सोमबार लाग्नेछ । सोही दिन बिहान ६.१६ बजेसम्म वरियाण योग रहनेछ । यसपछि १६ वैशाख बिहानदेखि दिउँसो २.३० बजेसम्म भोलिपल्ट वरियान योग पनि रहनेछ । ज्योतिषीहरुको भनाई छ कि वरियान योगमा गरेका सबै शुभ कार्यहरु पूर्ण रुपमा पुरा हुने जनविश्वास रहेको छ ।
कुन राशिलाई लाभ हुनेछ ?
मेष राशि
चन्द्र ग्रहणमा दुई वटा शुभ योग बन्ने भएकाले मेष राशिका व्यक्तिलाई यस योगको कारण विशेष कृपा रहनेछ । करियरको हिसाबले समय निकै राम्रो रहनेछ । धन लाभ हुनेछ । रोजगारी बाहेक व्यवसायीका लागि पनि ग्रहण शुभ रहेको छ । घरजग्गामा लगानीका लागि पनि यो समय राम्रो छ । पारिवारिक समस्या समाधान हुनेछ। जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ ।
सिंह राशि
आगामी चन्द्र ग्रहणमा बनेको संयोगले सिंह राशिका व्यक्तिलाई पनि धेरै फाइदा हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ। केही महत्त्वपूर्ण काम हुने सम्भावना छ । व्यक्तिगत रूपमा आगाडी बढ्ने प्रवल सम्भावना धेरै छ। दाम्पत्य जीवनमा सुधार आउनेछ। विवाहको प्रस्ताव पनि आउन सक्छ।
धनु राशि
यो चन्द्र ग्रहणले धनु राशिका लागि पनि निकै शुभ हुने भएको छ। प्रहतिको नयाँ बाटो खुल्नेछ । नयाँ कामको अवसर मिल्ने देखिन्छ । व्यापारीहरुले मनग्य लाभ लिन सक्नेछन् । आर्थिक क्षेत्रमा ठूलो लाभ मिल्नेछ। घरका सदस्यहरुको पूर्ण सहयोग मिल्नेछ ।