बुद्ध पूर्णिमाको ठिक एक दिन पहिले सूर्य गोचर, यी राशिका व्यक्ति रहनुहोस् सावधान !

ज्योतिष शास्त्रमा सूर्यलाई आत्माको कारक मानिन्छ त्यस्तै सूर्य पितासँग सम्बन्धित छ। सूर्यलाई ग्रहहरूको अधिपति अर्थात् राजा मानिन्छ। ज्योतिषमा सूर्यलाई प्रमुख ग्रहको दर्जा दिइएको छ।

हिन्दू पात्रोको अनुसार वैशाख पूर्णिमाको पहिलो चन्द्र  ग्रहण मे १६ मा लाग्ने भएको छ । चन्द्र ग्रहण हुनु एक दिन अगाडि अर्थात् मे १५ मा सूर्य देवले राशि परिवर्तन गर्ने भएका छन् । सूर्य राशि परिवर्तन मे १५ तारिक बिहान करिब ५ः४४ बजे हुनेछ । ज्योतिषीहरूका अनुसार सूर्यको राशि परिवर्तनको प्रभाव सबैभन्दा बढी तीन राशिमा पर्नेछ ।

जब कुनै ग्रहले राशि परिवर्तन गर्छ तब केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ । सूर्यको यस राशि परिवर्तनको समयमा केही राशिले भने सावधानी अपनाउनु पर्ने भएको छ ।

यी राशिका मानिस रहनुहोस् सावधान 

मिथुन राशि

ज्योतिष शास्त्रका सूर्यको राशि परिवर्तनको समयमा मिथुन राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्ने हुन्छ । यस समयमा दाजुभाइसँगको सम्बन्ध बिग्रन सक्छ। काम गर्ने व्यक्तिले कठिनाइको सामना गर्नु पर्नेछ।

तुला राशि

तुला राशिका व्यक्तिहरूले आर्थिक क्षेत्रमा कठिनाइको सामना गर्नुपर्नेछ। सम्पत्तिको लेनदेन नगर्नुहोस्। यस समयमा कुनै पनि नयाँ व्यवसाय सुरु नगर्नुहोस्।

वृश्चिक राशि

 वृश्चिक राशिका व्यक्तिहरूलाई केही समस्या आउन सक्छ। नोकरी पेसामा समस्या आउन सक्छ। क्रोधबाट टाढा रहनुहोस्। दाम्पत्य जीवनमा खटपट आउन सक्छ। जीवनसाथीसँग केही समस्या आउन सक्छ।

बैशाख पूर्णिमाको शुभ मुहूर्त

बैशाख महिनाको शुक्ल पक्षको पूर्णिमा १५ मे आइतबार दिउँसो १२:४७ बजेदेखि सुरु हुनेछ, जुन १६ मे सोमबार राति ९:४५ बजेसम्म रहनेछ। यसै दिन बुद्ध पूर्णिमा पनि मनाइन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २७, २०७९१२:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वर्षको पहिलो चन्द्र ग्रहणमा बन्दैछ दुई शुभ योग, ३ राशिको सुरु हुनेछ खुसीका दिनहरु !